यी हुन् कागतीका १२ फाईदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७२, बिहीबार ०८:०६

कागतीकागतीले सौन्दर्य र घरको शोभा बढाँउछ भनेर पुराणमा लेखिएको छ । यसले पाचन शक्ति वृृद्धि गर्छ, भोक जगाउँछ र शरीरमा स्फुर्ति बढाउँछ । यसमा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाईन्छ । दालसँग प्रयोग गर्दा कागतीले शररीमा लौहतत्व शोषण गर्न मद्दत गर्दछ । सधैँ कागती खाने घरका मानिस बिरामी हुदैनन् भन्ने प्राचीन मान्यता छ । यसमा पाईने अमिलो तत्व (सिट्रिक एसिड)मा औषधिको गुण हुन्छ ।
१. वाकवाकी लागेमा काटेर नुनमा मिसाएर चाट्ने ।

२. उच्च रक्तचापमा एक चम्चा रस एक कप पानीमा मिसाएर पिउने ।

३. जन्डिस हुँदा १० वटाजति पात पानीमा उमालेर पिउने ।

४. घाँटी दुख्दा उमालेको पानीमा महसँग मिसाएर पिउने ।

५. मुख गन्हाउँदा रस पानीमा अलिकती हालेर कुल्ला गर्ने ।

६. मुखमा घाउ भएमा रस पानीमा हालेर बारम्बार पिउने ।

७. दाँतबाट रगत आएमा बोक्रा सुकाएर पिस्ने र कम नुनमा मिसाएर दाँत माझ्ने ।

८. चिसो लाग्दा एक कप तातो पानीमा निचोरेर एक चम्चा मह मिसाउने र बारम्बार पिउने ।

९. लु लागेका बेला स् दुई चम्चा चिनी ,आधा चम्चा नुन र तीन चम्चा कागतीको रस पानीमा मिसाएर पिउने ।

१०. पसिना गन्हाउने समस्यामा स् पानीमा दुई चम्चा रस राखेर नुहाउने, नुहाईसकेपछि बोक्रा काखी र खुटटामा दल्ने ।

११. छालाको सौन्दर्य बढाउन अलिकती बेसन र दहीमा रस मिसाएर लगातार अनुहारमा लगाउने र केहिबेरपछि धुने ।

१२.अपच भएका बेला कागती र अदुवाको सानासाना टुक्रा पारेर खाने ।

स्राेत: स्वाख

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१