पर्यटन पत्रकारिता कल्याणकारी कोषको स्थापना गर्दै शोकसभा सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७२, बुधबार १७:०८

photo aकाठमाडौं । बरिष्ठ पर्यटन पत्रकार हरिराज जोशीको सम्मानमा पाँच लाखको पर्यटन पत्रकारिता कल्याणकारी कोषको स्थापना गर्दै शोकसभा सम्पन्न भएको छ ।
पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले एक विशेष कार्यक्रमको आयोजना गरि संस्थापक अध्यक्ष जोशीको नाममा कल्याणकारी कोषको स्थापना गर्ने घोषणा गरेको हो । लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट ग्रसित रहनु भएका जोशीको यही माघ २८ गते हृदयघातका कारण मृत्यु भएको थियो । श्रद्धाञ्जली सभामा बोल्दै जाट–नेपालका अध्यक्ष देविप्रसाद पन्तले पत्रकार कल्याणकारी कोषको स्थापना गर्ने सपना संस्थापक अध्यक्ष जोशी कै रहेका कारण उहाँको दुःखद् निधन पश्चात उहाँको नाममा यस कोषको स्थापना गरिएको बताए । उनले कोषबाट पर्यटन पत्रकारहरुलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम गर्ने, पर्यटन पत्रकारिता पुरस्कार स्थापना गर्ने तथा चीर कालसम्म सम्झन लायक केही नयाँ कामको सुरुवात गर्ने बताए । अध्यक्ष पन्तले यसको लागि सहयोग गर्न सबै संघसंस्था तथा पर्यटन व्यवसायी र शुभचिन्तकहरुलाई आग्रह समेत गरे ।
सोही अवसरमा संस्थाका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले संस्थापक अध्यक्ष जोशीको निधनले समग्र पर्यटन पत्रकारितामै अपूरणीय क्षति भएको बताए । उनले पछिल्लो समय चर्चामा रहेको ‘जे’ टू ‘जे’ सम्मेलन सञ्चालन गर्न पनि जोशीको ठूलो योगदान रहेको भन्दै त्यसलाई पूरा गर्न आफूहरु कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले नेपालमा पर्यटन पत्रकारिताको सुरुवात गर्ने व्यक्तिको निधनले सबै व्यवसायीहरुलाई मर्महात बनाएको बताए । उनले स्व. जोशीको सपना साकार पार्न आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । त्यस्तै, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले सकारात्मक पत्रकारिताका हिमायती जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै टानले उहाँको सम्झनामा गर्न लागिएका हरेक अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।6 बरिष्ठ पर्यटन व्यवसायी तथा निट नेपालका अध्यक्ष दीपक महतले पछिल्लो समययमा बढ्दै गएको बार्गेनिङको पत्रकारितालाई उहाँले सधै दुरुत्साहित गर्ने गरेको र अबको दिनमा जाट–नेपालले त्यस्ता विकृतिजन्य पत्रकारितालाई रोक्न भूमिका निर्वाह गर्नु पर्ने बताए । 3उनले पर्यटन पत्रकारितामो जोशीले पु¥याएको योगदानको चर्चा गरेका थिए ।
त्यसैगरि, सोट्टो–नेपालका अध्यक्ष यामबहादुर खड्काले जोशीले पर्यटन पत्रकारिता मार्पmत पर्यटन प्रबद्र्धन गर्न देशविदेशमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए भने नाराका अध्यक्ष चन्द्र दाहाल, पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक लाक्पाफुटी शेर्पा, राष्ट्रिय पर्यटन व्यवसायी मञ्चका अध्यक्ष गणेश सिंखडा, एचआरएका अध्यक्ष डिबी कोइरालालगायतका व्यक्तिहरुले स्व. जोशीको चर्चा गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका थिए ।IMG_0080
यस्तै, नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण अर्यालले व्यवसायीले भन्दा बढी पर्यटन विकास र प्रबद्र्धनका लागि भूमिका निर्वाह गर्ने जोशीको निधनले पर्यटन पत्रकारितामा मात्रै नभइ समग्र पर्यटन उद्योगमै अपूरणीय क्षति पुगेको बताए । 2उनले जोशीको सपना पूरा गर्न बोर्ड र व्यक्तिगत तर्फबाट जस्तोसुकै सहयोग गर्ने बताए । सोही सभामा अर्यालले १५ हजार १ रुपैयाँ सहयोगको घोषणा समेत गरेका थिए । कार्यक्रममा उपस्थित सबैले स्व. जोशीको तस्बिरमा माल्र्यापण तथा पुष्पगुच्छा अर्पण गरेका थिए ।IMG_0020

4

IMG_0017

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१