५५ लाखमा रक्त सञ्चार भवन निर्माण,प्रम ओलीले उद्घाटन गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७२, बुधबार १३:००

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी झापा शाखा र उपशाखा बिर्तामोडको संयुक्त पहलमा बिर्तामोडमा रक्तसञ्चार सेवाको भवन निर्माण पूरा भएको छ ।

बिर्तामोड–१स्थित देवी पञ्चकन्या प्लटिङ रहेको उक्त भवनको भोलि फागुन २७ गते विहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए । सभापति ढकालका अनुसार विहान ८ बजे प्रधानमन्त्री ओलीले रक्तसञ्चार सेवा भवनको उद्घाटन गर्नेछन् ।

बिर्तामोड र झापाका विभिन्न स्थानका दानवीरहरुले प्रदान गरेको सहयोगबाट उक्त भवन निर्माण गरिएको हो । भवन उद्घाटनको अवसरमा जग्गा दाता तथा भवन निर्माणमा सहयोग पु¥याउने सबैको योगदानको कदर गरी सम्मान पत्रद्वारा सम्मान गरिने रेडक्रस उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिए ।

२०६९ साल असार ३ गतेबाट शुरु गरी ५५ लाख रुपैयाँको लागतमा रक्तसञ्चार सेवा भवन निर्माण गरिएको रेडक्रस बिर्तामोडका सचिव एकराज गिरीले बताए ।

तीन तले उक्त भवनमा रेडक्रस बिर्तामोडको कार्यालय तथा जिल्लाको सम्पर्क कार्यालय समेत रहेको छ ।

भवन निर्माणका लागि देवी पञ्चकन्या ल्याण्ड एण्ड हाउजिङ प्रालिले १२ धुर जग्गा निःशुल्क उपलब्ध गराएको थियो । भवन निर्माणका लागि एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्नेलाई रेडक्रसको यसेस्कर सदस्यता र २५ रुपैयाँभन्दा बढी प्रधान गर्नेलाई विशिष्ठ सदस्यता प्रदान गरिएको छ । उक्त भवनको पहिलो तलामा एक बर्षदेखि रक्तसञ्चार सेवा शुचारु रहेको छ ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१