दोलखामा कम्प्युटर पढ्ने विद्यार्थी नै कम्प्युटर देख्दा अचम्भित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७२, बुधबार १२:२५
यदुदोलखा ।  दोलखाको दुर्गम एक गाविसका कक्षा ६ देखि ८ सम्मका कम्प्युटर विषय लिएर पढ्ने विद्यार्थी नै कम्प्युटर देखेर अचम्भित भएका छन् ।
उत्तरी दुर्गम गाविस लापिलाङ–६ गुर्जपा निमाविका कम्प्युटर विषयका विद्यार्थी नै कम्प्युटर विद्यालयमा देखेपछि अचम्ममा परेका हुन् । उनीहरुले किताबमा कम्प्युटर देखेपनि प्रत्यक्ष कम्प्युटर भने नदेखेको बताएका थिए ।
दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले एक संस्थाको कार्यक्रमको अनुगमनका क्रममा गाउँमा जाँदा विद्यालयमा कम्प्युटरको विषयमा शिक्षकले पढाइरहेको र विद्यार्थीले कम्प्युटर नदेखेको भनेपछि प्रजिअ आफैँ अचम्भित भएका थिए ।
विद्यार्थीले प्रजिअ लामिछानेसमक्ष कम्प्युटर नदेखेको भनेपछि उनले तुरुन्त एक गैरसरकारी संस्था एसओएस बालग्रामलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । संस्थाले तीन थान कम्प्युटर र एक थान प्रिन्टर दिएलगत्तै प्रजिअ लामिछाने विद्यार्थीमाझ कम्प्युटर पु¥याउन आफैँ गए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१