बलिउड अभिनेत्री क्याट्रिनाले थर्काइन् फोटोग्राफरलाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७२, बुधबार १०:३७

katrinaनयाँ घर खोजिरहेकी बलिउड अभिनेत्री क्याट्रिना कैफ केही फोटोग्राफरप्रति आक्रोशित भएकी छिन् । केही समययता अभिनेता रणवीर कपुरसँगको ब्रेकअपको हल्ला भएपछि उनलाई फोटोग्राफरले पछ्याउन छाडेका छैनन् । शुक्रबार बान्द्रामा नयाँ घरको खोजीमा निस्केकी क्याट्रिनालाई फोटोग्राफरले पछ्याउन छाडेनन् । तर, यसले उनलाई आक्रोशित बनायो । उनले भनिन्, ‘मेरो किन पिछा गरिरहनुभएको छ ? अब पनि यस्तै गर्नु भयो भने म प्रहरीमा खबर गर्छु ।’ यति भनिसकेपछि क्याट्रिना आफ्नो गाडीमा बसिन् । तर, धम्की पाइसकेका फोटोग्राफरले उनलाई पछ्याउन भने छाडेनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१