चरेस तस्करीमा विदेशी ज्वाइँ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७२, बुधबार ०७:००

फागुन२६ काठमाडौं । भारतको हिमाचलमा १२ वर्ष साधु भएर बसेका अष्ट्रेलियन नागरिक रोवर्ट पुस रल्लिदैँ ६ वर्षअगाडि नेपाल आइपुगे ।
पोखराको स्थानीय होटलमा बसाइमा नेपाली युवतीसँग मन बस्यो र बिहेवारी गरी यतै बसे । पोखरा बस्दै आएका उनी तयारी पोशाकको कारोबारमा संलग्न थिए।
६ वर्षपछि बल्ल खुल्यो, तयारी पोशाकको व्यापार उनको आवरण मात्रै रहेछ ।
ग्रिसको एन्थेन जान गितार बोकेर विमानस्थल पुगेका उनी पक्राउ परेपछि खुल्यो नेपाली चेलीसँग विवाह गरी एक छोरीका साथ नेपालमा बस्दै आएका उनको भित्री कारोबार चरेसको रहेछ।

लागु औषध व्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार फागुन २४ मा काठमाडौंबाट टर्किस एयरवेजबाट इस्तानबुल हुँदै ग्रिसका लागि हिँडेका उनको साथमा रहेको गितारबाट चरेश निस्किएको खबर  आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१