नियमित दही सेवनका १० फाइदाहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७२, बुधबार ०६:४३
दहिदही संसारभरी नै स्वास्थ्यवर्धक भोजनमध्ये एक मानिन्छ । खासगरी दहीलाई पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी खानामा लिइन्छ । दही धेरै अमिलो चाहि फाइदाजनक मानिन्न तर, धेरै अमिलो नभएको दहीको नियमित सेवनले शरिरलाई रोगबाट टाढा राख्नुको साथै दिर्घायु समेत बनाउँछ । जान्नुहोस नियमित दही सेवनका १० फाइदाहरु :
१.दहीले बनाउने व्याक्टेरियाले हाम्रो शरिरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ ।
२.दहीले हाम्रो शरिरमा स्वेतरक्तकणिकाको काम गर्नुका साथै शरिरलाई आवश्यक पोषकतत्व प्राप्त गर्न मद्धत गर्र्दछ ।
३.दहीको नियमित सेवनबाट ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ ।
४.ठूलो आन्द्रामा जीवाणुको सन्तुलन बनाइराख्न दहीको नियमित सेवन गर्नुपर्दछ ।
५.दहीमा क्याल्सियम,मिनरल बढी मात्रामा पाइन्छ । अस्ट्रियोपोरोसिस नामक रोगलागेका बिरामीलाई दही खाने सल्लाह दिइन्छ ।
६.दहीमा कार्वोहाइड्रेड,प्रोटिन,भिटामिन ‘बी’–५ र भिटामिन ‘बी’–१२ पाइन्छ ।
७.दहीको सेवन हाइकोलेस्ट्रोल भएका विरामीहरुलाई लाभदायी हुन्छ ।
८.एक अध्ययनले दहीलाई एलर्जी रोकथामका लागि समेत उपयोग गर्न सकिने बताइएको छ ।
९.इन्टरनेशनल जर्नल अफ आवेसिटीका अनुसार कम चिल्लो भएको दहीको सेवनले मोटोपन घटाउन समेत मद्धत गर्ने बताइएको छ ।
१०.दहीले सौन्दर्य बढाउन मद्धत गर्छ । दहीको नियमित सेवन गरी यदि घाममा बस्ने गर्यो भने कालो छाला समेत गोरो हुँदै आउछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१