भूलेर पनि नगर्नुस सूर्य ग्रहण लागेको बेला यी ५ काम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७२, बुधबार ०६:२९

ग्रहणआज बिहान ग्रस्तोदिन खन्डग्रास सूर्य ग्रहण परेको ज्योतिषहरुले बताएका छन् ।ज्योतिष गणना अनुसार बिहान ५ बजेर ५६ मिनेटदेखि सूर्यमा ग्रहण लाग्ने भएता पनि यसलाई सुर्य उदाएपछि मात्र हेर्न सकिने ज्योतिषहरुले बताएका छन्  ।तर ग्रहण बार्नेहरुले भने स्पर्श गर्ने ४ घन्टा अगाडी देखि नै खान नहुने र केही कार्यहरु गर्नका लागि समेत बर्जित गरिएको ज्योतिषहरु बताउदछन् । बिहान ८ बजेर ६ मिनेट सम्म औशी तिथि रहेको छ । त्यस पछी फाल्गुन शुक्ल प्रतिपदा लाग्ने छ । सूर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु हुने, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष हुने ज्योतिषहरु बताउदछन् । ज्योतिषशास्त्रअनुसार ग्रहण लागेको समयमा यी  कामहरु गर्न बर्जित गरेको छ । भूलेर पनि नगर्नुस सूर्य ग्रहण लागेको बेला यी ५ काम १. ग्रहणको समयमा मैथुन अर्थात सेक्स कृयाकलपाहरु गर्नु हुदैन । २.ग्रहणको समयमा खानेकुराहरु खानु हुदैन । ३.ग्रहणको समयमा सुत्नु हुदैन यदि सुतिरहनु भएको छ भने ग्रहण लागेको समयमा उठेर बस्नुपर्दछ । ४.बिशेष गरी ग्रहण लागिरहेको समयमा गर्भवती महिलाहरुले घर बाहिर निस्कनु हुदैन । ५.कुन कुन राशीवाला मानिसहरुले ग्रहण अवलोकन गर्न हुन्छ भन्ने कुरा ज्योतिषीहरुसँग बुझेर मात्र ग्रहणको अवलोकन गर्नुहोस् । यी बाहेक ग्रहण सकिएपछि नुहाएर शुद्ध भएर मात्र भोजन गर्नुपर्दछ भन्ने कुरा धर्मशास्त्रहरुमा लेखिएको छ जसमध्ये केही कुराहरुलाइ बिज्ञानले समेत स्विकारेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१