हेलिकोप्टरबाट स्कुल जाने को हुन् यी युवती ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ फाल्गुन २०७२, बुधबार ०६:२५

कुकुर  लन्डन । अहिले लन्डनमा १८ बर्षीया एक युवती चर्चाको शिखरमा छिन् । चर्चामा रहेकी सोफिया अब्रामोविच कुनै मोडेल वा सेलिब्रेटी भने होइनन् । उनी बेलायतकी सबैभन्दा धनी र सौखिन किशोरीको रुपमा चर्चामा शिखरमा पुगेकी हुन् ।   सोफिया रसियन अरबपति तथा प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन अब्रामोविचकी छोरी हुन् । सोफिया हेलिकोप्टरबाट विद्यालय जाने गर्थिन । सलन्डनको ‘गोडल्फिन एण्ड लेटेमर स्कुल’मा पढेकी उनको बार्षिक शुल्क २३ लाख रुपैया“ थियो । सोफिया र उनकी दिदी एना बैटरसी हेलिप्याटसम्म हेलिकोप्टर जान्थे । हेलिप्याडबाट उनीहरु बुलेटप्रुफ गाडीमा स्कुल पुग्ने गर्थे । सोफिया अहिले पनि बुलेटप्रुफ कारमै कलेज जान्छिन् । कारमा बर्डीगाड पनि सँगै हुन्छ । सिनेमा हल वा म्युजियम जता गएपनि उनको साथमा बडीगार्ड हुन्छन् । अपहरणको खतरालाई ध्यानमा राख्दै प्रत्येक हप्ता उनको मोबाइलको नम्बर पनि परिवर्तन गर्ने गरिएको छ ।   स अरोमनका सात सन्तानमध्ये सोफिया मात्र अहिले लन्डनमा बस्छिन् । रोमनको लन्डनको बेलग्रेभिया र चेस्टर स्क्वायरमा गरी दुई वटा बंगला छन् । रोमन र सोफियाकी आमा इरिनाको २००७ मा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदपछि सोफिया आफ्ना बाबु रोमनस“गै बस्दै आएकी छिन् । सोफियाको लागि हरेक सुविधा उपलब्ध गराएका छन् रोमनले ।   घोडचडीमा शोख राख्ने सोफियाका लागि दुई वटा घोडा समेत खरिद गरिएको छ ।sडफ दुई मध्ये एक घोडाको मूल्य ५ करोड रुपैयाँको हो । यस्तै सोफियाले प्रत्येक वर्षको नयाँ वर्षको पार्टी गर्न मात्र २ करोड रुपैयाँ खर्च खर्चिन । हालै उनले फेसबुकमा स्वीमिङ कस्टम लगाएको प्रोफाइल फोटो राखेकी छिन् । जुन कस्टमको मुल्य ३२ हजार रुपैया“ हो । अघिल्लो वर्ष इन्स्टाग्राममा एक जना युजरले उनको फिगरलाई लिएर नकारात्मक टिप्पणी गरेपछि इन्न्स्टाग्राम नै बन्द गरेकी छिन् । उनले आफ्नो फिगरलाई लिएर स्टाटस नै लेखिकी थिइन, ‘मोडल जत्तिकैे सुन्दर र फिट बन्न सक्दिन, तर यो कमेन्टबाट मेरो शरीरलाई लिएर सर्तक बनेकी छु ।’ अ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१