कोइराला परिवारको उत्तराधिकारीको रुपमा उदाउने को हुन शशांक ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार १९:०२

koiralaनेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका तीन छोरामध्ये कान्छा शशांक कोइरालाको जन्म वि.स. २०१५ सालमा विराटनगरमा भएको हो । लामो समय चिकित्सा पेसमा सम्लग्न आँखा रोग विशेषज्ञ डाक्टर कोइराला ०४६ सालको जनआन्दोलनमा चिकित्सकहरुका तर्फबाट सहभागी भएका थिए । परिवारसँगै २०१७ देखि २०३६ सालसम्म निर्वासित जीवन बिताएका कोइराला ०६७ को १२ औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भए । उनी नवलपरासीबाट ०६४ र ७० को दुइ वटै संविधानसभा निर्वाचनमा विजयी भए । पौडेल समूहबाट यसपटक महामन्त्रीको उम्मेदावर बनेका कोइराला निर्वाचित भएका हुन । उनको यो जितलाई कोइराला परिवारको उत्तराधिकारीको रुपमा लिइएको छ । सभापतिमा आफ्नो प्यानलबाट प्रत्यासी बनेका रामचन्द्र पौडेल भारी मतअन्तरले परातिज हुँदा शशांक पनि भारी मतअन्तरले नै विजयी भएका छन । पराजित केसी र थापा को हुन ? महामन्त्रीमा पराजित अर्जुननरसिंह केसी र गगन थापा ससुरा ज्वाँई हुन । केसी २०२० सालबाट नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन । उनी नेविसंघको स्थापानाकालका सदस्य पनि हुन् । राजनीतिशास्त्रमा स्नात्तकोत्तर केसी केही समय अध्यापन पेसामा पनि संलग्न थिए । २०३८ सालमा कांग्रेस छाडेर नुवाकोटबाट राष्ट्रिय पञ्चायत सदस्यको चुनाव जितेका केसी पञ्चायतमा स्वास्थ्य राज्यमन्त्री भएका थिए । ०४३ मा रापस चुनाव हारेका उनी पछि जिल्ला पञ्चायत सभापति निर्वाचि भएका थिए । ०४६ सालको प्रजातन्त्र स्थापनापछि ०४७ मा पुनः कांग्रेस फर्केका केसी स्वास्थ्य, शिक्षा र भौतिक योजना मन्त्री भए । यसअघि संस्थापन पक्षमा रहेका उनी यसपटक देउवा समूहबाट महामन्त्रीका उम्मेदवार बनेका हुन । २०३३ सालमा जन्मिएका थापा अहिले पदाधिकारीमा उम्मेदवारहरु मध्ये सबै भन्दा कान्छा हुन् । समाजशास्त्रमा स्नात्तकोत्तर थापा विद्यार्थी राजनीतिबाट आएका हुन् । युवा पुस्ताका समकक्षी नेताहरुलाई उछिनेर अगाडि आएका उनी राजा ज्ञानेन्द्रको प्रत्यक्ष साशनकालमा राजाको विरोध र गणतन्त्रको वाकालत गरेर विशेष चर्चामा आए । तात्कालीन राजाको विरोधमा भाषण गरेर राज्यद्रोहको मुद्दामा थुनामा परेपछि उनी थप चर्चित भए । ०६४ को संविधानसभामा समानुपातिक तर्फबाट र ०७० मा काठमाडौं–४ बाट एमाओवादीका नेता नन्दकिशोर पुन (हालका उपराष्ट्रपति) लाई हराएर सभासद भएका हुन् । १२ औं महाधिवेशनमा २५ सिटको खुला तर्फको केन्द्रीय सदस्यको निर्वाचनमा सर्वाधिक लोकप्रिय मत ल्याएर विजयी भएका थापा यसपटक सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका थिए । उनले निकै थोरै मत ल्याएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१