१०६ औं अन्तराष्ट्रिय नारी दिवसमा ओम अस्पतालको निःशुल्क सेवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार १८:०८
bholaकाठमाडौं । १०६ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।
मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रममा ४० बर्ष माथिका महिलाहरुका लागि अस्पतालले पाठेघर र स्तन क्यान्सरको निःशुल्क परिक्षण गरेको हो ।
महिलाहरुमा पाठेघर र स्तनको क्यान्सरको बढी समस्या हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । यसैलाई मध्यनजर गर्दै आयोजित स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले स्वास्थ्य परिक्षण गराएको ओम अस्पतालका अध्यक्ष एवं बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले जानकारी दिए ।
डा. रिजालले नारी दिवसका अवसरमा हरेक बर्ष महिलाहरुको क्यान्सरसहित अन्य रोगहरुको निःशुल्क परिक्षण गरिने समेत बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१