काठमाडौं । भोली बिहान ग्रस्तोदिन खन्डग्रास सुर्य ग्रहण छ।प्रचलित ज्योतिष अनुसार भोली फाल्गुन कृष्ण औसी तिथी ८ बजेर ६ मिनेट सम्म छ। त्यस पछी फाल्गुन शुक्ल प्रतिप्रदा लाग्ने छ। सुर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु हुने, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष हुने छ।
प्रचलित ज्योतिष अनुसार ग्रहण लाग्द चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दैहुनेछ। जसलाई आधार बनाएर फल बताउदा पुर्वभाद्रपदा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तीहरुलाई अती कस्ट पुग्ने भन्न सकिन्छ। यस्तो समयमा दान दक्षिणा, इस्वर आराधना गर्नु पर्छ।
अन्य राशीहरुका लागि भने मेष लाई लाभ, बृष लाई सुख, मिथुनलाई मान नाश , कर्कटलाई कस्ट, सिहलाई स्त्रिपिडा , कन्यालाई सुख, तुलालाई चिन्ता, बृश्चिकलाई व्याथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मिनराशीलाई व्यय फल प्राप्त हुने हुन्छ।
डा .सुनिल सिटौला
प्रतिक्रिया