संविधान जारी भएयता डेढ सय विदेशीलाई अङ्गीकृत नागरिकता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार १३:२५

बाँके ।  नेपालको संविधान जारी भएयता झन्डै १५० विदेशी महिलाले अङ्गीकृत नागरिकता पाएका छन् ।

nagariktaजिल्ला प्रशासन कार्यालयको तथ्याङ्कानुसार संविधान जारी भएको असोज ३ गतेपछि जिल्लामा १४१ विदेशी महिलाले नेपाली नागरिकता पाएका हुन् ।

संविधानको धारा १० को उपधारा ६ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानुन बजोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था छ ।

त्यस्तै उपधारा ७ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी मुलुकको नागरिकसँग विवाह गरेको नेपाली महिलाबाट जन्मिएको व्यक्तिका हकमा निजले नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने उसले सङ्घीय कानुनबमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

नेपाली नागरिकता पाउनेमा नेपालीसँग विवाह गर्ने भारतीय चेली हुन् । नेपालीसँग विवाह गरेका भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता धमाधम लिन थालेपछि नयाँ संविधानबारे उत्पन्न भ्रम पनि बिस्तारै हट्न थालेको छ ।

नेपालगन्जकी अप्सना बेहनाले अङ्गीकृत नागरिकता प्राप्त गरेपछि भनिन् “नेपालीसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउँदैनन् भनेर हल्ला चलाइएको थियो, त्यो गलत रहेछ ।” रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१