लिटल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगिता अन्तर्गत पहिलो चरणको अडिसन सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार १३:०१

बिर्तामोड। ग्ल्यामरस नेपालद्वारा शनिश्चरेमा आयोजित लिटल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगिता अन्तर्गत शनिबार पहिलो चरणको अडिसन सम्पन्न भएको छ । अडिसनमा सहभागी १७५ मध्ये ८० जना बालबालिका प्रतियोगितामा छानिएका छन् । शनिश्चरेस्थित प्रगति सेकेन्डरी स्कुलमा आयोजित छनोट कार्यक्रमको निर्णायक प्रमुखमा लक्ष्मण ज्वयल श्रेष्ठ, नायिका पवना श्रेष्ठ, उर्लाबारी प्रिन्सेस (२०१२) सुमन ताम्राकार, पथरी प्रिन्सेस (२०१४) आकृति थापा तथा मेचीनगर लेडी जेसीजकी वर्ष २०१६ अध्यक्ष उषा श्रेष्ठ तथा मोडल आस्मा गुरुङ रहेका थिए ।Glamour

कार्यक्रममा शनिअर्जुनका विद्यालयहरु प्रगति सेकेन्डरी स्कुल रुपरत्न मेमोरियल, एम्स एकाडेमी, स्वस्तिका शिशुसदन स्कुल लगायतको सहभागिता रहेको ग्ल्यामरसका संस्थापम अध्यक्ष आशिम ज्वयल श्रेष्ठले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१