क्लोजले गरे विश्वकपमा दुई कीर्तिमान बराबरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७१, आईतवार १४:१४

एजेन्सी,८  असार जर्मनीका मिरोस्लाभले क्लोज विश्वकप फूटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेका छन् ।
आइतवार विहान भएको खेलमा घाना विरुद्ध गोल गरेपछि क्लोजले आफ्नो गोलसंख्या १५ पुर्‍याएका हुन् । यो ब्राजिलका रोनाल्डोको बराबरी हो । यसअघि १४ गोल गर्दा आफ्नै देशका गड मुलरसँग कीर्तिमान बराबरी बनाएका क्लोजले विश्वकपमा धेरै गोल गर्ने जर्मन खेलाडी पनि बनेका छन् ।klose-kirtiman_20140608091920
डि बक्स नजिकैको बललाई वानटचमा गोलपोष्टको दिशा दिएपछि उत्साही क्लोजले आफ्नो चीरपरिचित शैलीमा हावामा डाईभ हानेर खुशीयाली मनाएका थिए । चौथो विश्वकप खेलिरहेका क्लोजले सन् २००२ र २००६ मा ५–५ र सन् २०१० मा ४ गोल गरेका थिए । चालु विश्वकपमा पहिलो खेल खेलेर कीर्तिमानको बराबरी गरेका क्लोजले कीर्तिमान भंग गरेर आफ्नो नाममा बनाउने संभावना कायमै छ । समूह चरणको तेस्रो खेलमा जर्मनीले अमेरिकासँग खेल्न बाँकी छ ।
क्लोज ४ वटा विश्वकपमा लगातार गोल गर्ने तेश्रो खेलाडी पनि बनेका छन् । यसअघिसम्म पेले र युवे सिलरले मात्र ४ वटा विश्वकपमा गोल गरेका थिए । यस्तै आइतबारको गोलसंगै आशामोह ज्ञानले अफ्रिकाबाट विश्वकपमा सर्वाधिक गोल गर्ने २ जनाको सूचीमा आफ्नो नाम पनि लेखाएका छन् । ज्ञान र रोजर मिल्लाले समान ५/५ गोल गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१