गाडिएको अबस्थामा शिशुको शव फेला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार १०:१७
ताप्लेजुङ । भखरै जन्मिएको बच्चालाई टुक्रा टुक्रा पारी आलु बारिमा गाडिएको अबस्थामा ताप्लेजुङमा एक नवजात शिशुको सव फेला परेको छ ।
 
ताप्लेजुङ नगरपालीका छ निवासी बल बहादुर लिम्बुको आलुबारीमा लिङ्ग पहिचान नभएको नवजात शिशुको हात, खुट्टा र शरिरको विभिन्न भाग माटोले पुरेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।
 
टुक्रिएको सव संकलन गरी जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ भने नवजात शिशुको हत्या गरी कसले गाडेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । सोमबार दिउँसो बारीमा आलु खन्ने क्रममा लिम्बुले नवजात शिशुको अंग फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१