युवा दार्शनिक तथा अध्यात्मविद् द्वारा महाशिवरात्री महोत्सव सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार ०९:०६

IMG_9909काठमाडौं  । नेपाल मानव धर्म सेवा समिति काठमाडौले युवा दार्शनिक तथा अध्यात्मविद् श्री विभूजी महाराजजीको समुपस्थितीमा महाशिवरात्री महोत्सव भव्यताका साथ मनाएको छ ।
सोमबार पशुपति परिसरमा भएको कार्यक्रममा श्री विभुजी महाराजजीले असल समाज निर्माणका लागी युवाहरु एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले परिवर्तनमा संवाहक युवाहरु सक्रिय भएमा जस्तोसुकै परिवर्तन पनि सम्भव हुने बताउनुभयो ।
विगत दिनको सम्झना र भविष्यको चिन्ताले मानिस वर्तमानसंग असन्तुष्ट बन्दै गएकोे र बढ्दो असन्तुष्टीले मानिसको आफ्नै जिवनप्रतीको उत्साह निराशामा परिणत भएको वास्तविकता राख्दै उहाँले भगवान शिवजीले महाशिवरात्रीको पावन अवशरमा नेपालीजनलाई जिवनमा संघर्ष गर्ने क्षमता प्रदान गरुन भनि कामना समेत गर्नुभयो ।
गत बैशाख १२ को विनासकारी भुकम्प प्रति लक्षित गर्दै उहाँले मानिसका जिवनमा कुनै न कुनै प्रकारका दुखहरु आईरहने भन्दै संघर्षको मैदानमा डटेर लाग्न आग्रह गर्नुभयो ।
त्यसैगरी संस्थाका केन्द्रीय महात्मा चमेली बाईजीले आश्तोस भगवान शिवको जिवन महिमा सुनाउदै मनुष्य जिवन सफल बनाउन समयको तत्वदर्शी सच्चा गुरुको शरणमा जानुपर्ने बताउनुुभयो ।
नेपाल तथा भारतका विभिन्न तिर्थस्थलबाट आउनुभएका सन्तमहात्माहरुका ज्ञान विज्ञानयुक्त सतसंग प्रवचन, कलाकारहरुका भक्ति संगीतका विविध प्रस्तुती रहेको कार्यक्रममा साना साना बालबालिका हरुका रोचक कबिता नाटक तथा नृत्य प्रस्तुत हुनुका साथै मन्द व्यान्डको विशेष सांगितिक प्रस्तुती समेत रहेको थियो ।
कार्यक्रम स्थलमा अध्यात्मिक पुस्तक, आयुर्वेदिन औषधी तथा खाजा–घरका स्टल राखिनुका साथै निशुल्क प्रसाद वितरण समेत गरीएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१