नुवाकोटका १५ सामुदायीक विद्यालयमा पुस्तकालय स्थापना गर्नका लागि पुस्तक हस्तान्तरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ फाल्गुन २०७२, मंगलवार ०९:००

photoनुवाकोट । अमेरीकी दुतावास तथा एसिया फाउन्डेसनको आर्थीक सहयोगमा पुस्तकालय परिचारिका संगठन नेपालले नुवाकोट जिल्लाका १५ वटा सामुदायीक विद्यालयलाई पुस्तकालय स्थापनाको लागि पुस्तक बितरण गरेको छ ।

नुवाकोट जिल्लाको सुनखानी गाविस ८ स्थीत कुम्भेश्वर मा.वि मा आयोजीत विशेष कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिब तथा केसर पुस्तकालयका प्रमुख दसरथ मिश्रले करिव ७ लाख मुल्य बराबरका पुस्तकहरु विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा त्रि.वि.वि केन्दीय पस्तकालयका प्रमुख डा. जदार्दन ढुंगाना, अमेरीकी दुतावासका पतिनिधि सुलभ भट्ट, एसिया फाउन्डेसनका पतिनिधि समिरा श्रेष्ठ, पुस्तकालय परिचारिका संगठन नेपालका अध्यक्ष सारदा सिवाकोटी लगायतको उपस्थीति रहेको थियो ।
कक्षा १ देखि १२ कक्षा सम्म पढने विद्यार्थीहरुलाई उपयोगी हुने खालका बिभिन्न अनुसन्धानमुलक र व्यवहारीक ज्ञान भएको पुस्तकहरु बितरण गरिएको पुस्तकालय परिचारिका संगठन नेपालकी केन्द्रीय अध्यक्ष सारदा सिवाकोटीले जानकारी दिनुभयो ।
एक विद्यालय एक पुस्तकालयको अवधारणा अनुसार पुस्तकालय परिचारिका संगठन नेपालले यसै बर्ष २० जिल्लाका ९९ सामुदायीक विद्यालयहरुलाई १ करोड भन्दा बढी मुल्यका पुस्तकहरु बितरण गरिसकीएको अध्यक्ष सिवाकोटीले जानकारी दिनुभयो ।
उक्त अवसरमा नुवाकोटको कुम्भेश्वर मा.वि सुनखानी, राष्ट्रिय मा.वि थान्सीङ, बच्छला मा.वि भद्रुटार, ग्रामिणदेवी मा.वि सुनखानी, सप्तकन्या प्रावि घलेगाँउ, अमर प्रा.वि थानापति, जनज्ञान उच्च मा.वि थानापति, लामागाँउ प्रा.वि थान्सीङ, सर्वदेव प्रा.वि, थान्सीङ, महेन्द्र उच्च मा.वि थान्सीङ, भेडावारी मा.वि भद्रुटार,. महेन्द्र प्रा.वि थानापति, जलेश्वर प्रा.वि सुनखानी, सुन्दरादेवी प्रा.वि सुनखानी, पन्चकन्या भुमी प्रा.वि सुनखानीका लागि पुस्तक बितरण गरिएको थियो ।
उक्त अवसरमा सुनखानी ८ स्थीत कुम्भेश्वर मा.वि मा नमुना पुस्तकालय स्थापनाको लागि ल्यान योङ तथा विद्याबारीधि सिक्देल र प्रीति सिक्देलले आवश्यक र्फनिचरहरु समेत उपलव्ध गराउनुभएको पुस्तकालय संघ नुवाकोटका अध्यक्ष तथा कुम्भेश्वर मा.विका प्रधानाध्यापक राजन थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१