सिमरा। रूपन्देही – ११ सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–१ ले स्तब्ध पार्दै सातौँ सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आइतबार रूपन्देहीलाई अन्तिम आठमा प्रवेश गराउन म्यान अफ दी म्याच योगेश गुरुङ र बुद्ध चेम्जोङले एक–एक गोल गरेका थिए । एपिएफका लागि गणेश लावतीले गोल फर्काए । जितसँगै रूपन्देहीले गत शुक्रबार कन्दङवा गोल्डकपको फाइनलमा एपिएफसँग व्यहोरेको हारको बदला चुक्ता गरेको छ । मोरङमा एपिएफले रूपन्देहीलाई सडन डेथमा पराजित गर्दै कन्दङवा गोल्डकप जितेको थियो । १२ मिनेटभित्र बराबरी प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । रूपन्देहीले दोस्रो हाफको सुरुवातमै अग्रता लियो । खेलको ४६आँै मिनेटमा योगेशको आकर्षक गोलसँगै रूपन्देही १–० ले अगाडि रह्यो । योगेशले डिबक्सबाहिरैबाट प्रहार गरेको बल दोस्रो बारमा गोल भएको थियो । रूपन्देहीले अग्रता भने लामो समय टिकाउन सकेन । खेलको ५८औँ मिनेटमा एपिएफले १–१ का लागि बराबरी गोल फर्काउन सफल भयो । स्ट्राइकर गणेशले राजेन्द्र रावलको क्रसमा टोलीलाई बराबरीमा पुर्याएका हुन् । अतिरिक्त समयमा चेम्जोङ चम्के निर्धारित ९० मिनेटमा रूपन्देही र एपिएफ १–१ को बराबरीमा सीमित भए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । रूपन्देहीका डिफेन्डर र गोलरक्षकले एपिएफका स्ट्राइकर अन्जन विष्ट र गणेशका थुप्रै प्रयास विफल पारेका थिए । खेलको १०५आँै मिनेटमा रूपन्देहीका चेम्जोङले उत्कृष्ट गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए । चेम्जोङले डिबक्सबाहिरबाट प्रहार गरेको बल एपिएफका गोलरक्षक अमृत चौधरीले रोक्न सकेनन् । अतिरिक्त समयमा अग्रता लिएपछि रूपन्देहीले रक्षात्मक रणनीति अपनाएको थियो । खेलाडीले आराम पाएनन् : सिंह प्रतिस्पर्धात्मक प्रिक्वार्टरफाइनलबाट बाहिरिएपछि एपिएफका प्रशिक्षक जनक सिंहले केही अवसर गुमाउँदा पराजित भएको बताए । खेलाडीले आराम नपाएका कारण पनि सोचेजस्तो प्रदर्शन नभएको उनको भनाइ छ । ‘हामी एक सातादेखि निरन्तर खेलिरहेका छौँ,’ सिंहले भने, ‘खेल र यात्राका कारण खेलाडी थकित थिए ।’ उनले राम्रो खेल्दाखेल्दै पनि हार्नु दुर्भाग्य भएको प्रतिक्रिया दिए । भाग्यले साथ दियो : खड्का रूपन्देहीका सहायक प्रशिक्षक जगुनाथ खड्काले जितबाट सन्तुष्ट रहेको बताए । जितसँगै धरानमा व्यहोरेको हारको बदलासमेत लिएको उनको भनाइ छ । ‘टिमका केही सेट खेलाडीविनै एपिएफलाई हरायौँ,’ उनले भने । एपिएफको तुलनामा कमजोर प्रदर्शन गरे पनि अन्तिममा स्कोर आफ्नो पक्षमा आउनुमा भाग्यले साथ दिएको उनले बताए । ‘हामीलाई भाग्यले पनि साथ दियो,’ खड्काले भने । रूपन्देहीले अब सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबविरुद्ध खेल्नेछ । असफल प्रयास खेलको १५औँ मिनेटमा एपिएफका अन्जन विष्ट अग्रता लिनबाट चुके । डिबक्सभित्र गणेशले निकालेको पासलाई उनले सदुपयोग गर्न सकेनन् । खेलको २३औँ मिनेटमा अन्जनको पासमा लावतीले गोल गर्न सकेनन् । खेलको २५औँ मिनटमा रूपन्देहीका योगेशको सशक्त प्रहार एपिएफका गोलरक्षक अमृतले बचाए । खेलको ७५औँ मिनेटमा सन्तोष श्रेष्ठको प्रहार क्रसबारमा लागेको थियो । नयाँ पत्रिकाबाट
प्रतिक्रिया