पोखराको मणिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा ठप्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ असार २०७१, आईतवार १४:०४

पोखरा, ८ असार । उपचारका क्रममा सुत्केरीको ज्यान गएपछि आफन्तले पोखराको मणिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा ठप्प पारेका छन् ।
सुत्केरी सीता गिरीको ज्यान जानुको कारण नबताएको र अस्पतालले आफ्नो गल्ती पनि नस्वीकारेको भन्दै आफन्तले आइतबार विहानदेखि इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पारेका हुन् ।
लापरबाहीले शुक्रबार सीताको ज्यान गएको भन्दै आफन्तले छानबिनको माग गरेपछि अस्पतालले मृत्युको कारण शनिबार सार्वजनिक गर्ने भन्दै आन्तरिक समिति बनाएको थियो । तर समितिले पनि कुनै कारण दिन नसकेपछि मृतकका आफन्त थप आक्रोशित भएका छन् ।480X320_d4018c490708379b3840f42a5a82302b
मृतकका आफन्तले शान्तिपूर्ण रुपमा आफ्ना कुरा राख्दा अस्पतालले बेवास्ता गरेकाले अव कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । पीडित पक्ष र अस्पताल प्रशासनबीच शनिबार दिउँसो भएको बार्तामा सुत्केरीको मृत्युको कारण दिन नसकेको बार्ता संयोजक रमेश गिरीले बताउनुभयो ।
आन्तरिक रिपोर्टमा अस्पतालको कुनै गल्ती नरहेको अस्पतालका सुपरिटेन्डेन्ट पिके चक्रवर्तीले दावी गर्नुभएको छ । उहाँले अस्पतालको गल्ती नरहेकाले पीडितहरुले अन्य न्यायका बाटोहरु अपनाउन सक्ने समेत बताउनुभएको छ
सुत्केरी गराउन अस्पताल भर्ना भएकी पोखरा–१० काजीपोखरीकी सीता गिरीको शुक्रबार बिहान ज्यान गएको थियो । बिहीबार बिहान अप्रेसन गरेर उहाँको बच्चा सकशुल निकालिएको थियो । त्यसपछि सीतालाई पोष्ट अपरेटिभ वार्डबाट शुक्रबार १० बजे जनरल वार्डमा सारिएको थियो ।

प्रतिक्रिया