हेर्नै पर्ने ११ तस्बिर जसले तपाईंको सोच्ने तरिका नै बदलिदिन्छ (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७२, सोमबार १०:५०

एजेन्सी । स्टिभ कट्स (Steve Cutts) एक यस्ता चित्रकार हुन उनी वास्तविकता र आफ्नो कल्पनालाई चित्रमा दुरुस्तै उतार्छन् । स्टिभका चित्रहरुमा निराशा देखिन्छ, उनी वास्तविकताको निकै नजिक हुन्छन् ।

लण्डन निवासी स्टिभ एक इलुस्ट्रेटर तथा एनिमेटर हुन् जो चित्रको माध्यबाट समाजको दुखद् स्थितिको आलोचना गर्छन् । लोभ, पर्यावरण, जङ्क फूड, टिभी, स्मार्टफोनको लत तथा जनावरको शोषण केही यस्ता इस्यू हुन्, जसलाई उनले चित्रमा उतारेका छन् ।

उनका चित्रमा हाम्रो समाजमा फैलिएको तनाव, निराशा तथा हताशा स्पष्ट देखिन्छ । यहाँ हामी तपाईंलाई उनका केही चुनिएका तस्बिर देखाउँदैछौं । तस्बिर हेरेर कल्पना गर्नुस्, आजका मानवहरु कुन स्थितिमा छन् ।

 

मुसा दौड

Rat race

स्टिभ अहिले स्वउद्यमी हुन्, तर पहिले उनी कर्पोरेट क्षेत्रमा काम गर्दथे । उनी अफिस ओहोर-दोहोर गर्दा यस्तो अवस्था हुन्थ्यो जसलाई उनले मुसा दौडसँग तुलना गरेका छन् । हाम्रो महानगरमा चल्ने बसहरुमा पनि हेर्नुस् त, यस्ता मुसा दौड दिनदिनै देखिन्छ ।


 

सोमबार फेरि:

Monday again

प्राय मुलुकमा शनिबार र आईतबार सार्वजनिक विदा हुन्छ । मानिसहरु आफ्नो निजी जिन्दगी बिताउँछन् । जब सोमबार आउँछ, फेरि सुरुहुन्छ भागदौड । हाम्रो नेपालमा भने आईतबार यस्तो अवस्था हुन्छ ।


 

खान्दानी अन्दाज:

The fatcat

समाजमा धनी र गरिबबीच यति ठूलो अन्तर देखा परिसकेको छ, मानौं उनीहरु अब कहिल्यै समान हुन सक्दैनन् । केही हुने खाने र खान्दानीहरु गरीबलाई यसरी दास बनाएर मोज गर्दैछन् ।


 

विकास:

Evolution

उनले अहिले विकासलाई पनि व्यंग्य गरेका छन् । स्लाइनबाट कोकाकोला दिइँदैछ । पाइपबाट आएको खानेकुरा रोबोर्ट ले नै खुवाउँछ । के यस्तै हो हामीले चाहेको विकास ?


 

आधुनिक खाना:

Dinner is served

खानाका विभिन्न परिकारको आ-आफ्नै महत्व र आवश्यकता हुन्छ । तर अहिले यतिसम्म भइसक्यो कि एक डिब्बा तयारी परिकार खानुस्, हरेक तत्वहरु त्यहीँ छन् ।


 

प्रविधिका दास:

Phone Slaves

प्रविधिलाई हामीले प्रयोग गर्दैछौं भनेर मख्ख नपर्नुस्, तपाईं प्रविधिको दास बन्दै हुनुहुन्छ । जब यो प्रविधिले साथ छाड्ने छ, तब तपाईं एउटा एउटा बेसाहारा दासजस्तो बन्नुहुनेछ ।


 

रि-साईक्लिङ:

Recycling

जे होस्, जसरी होस्, मात्रै पैसा निकाल्नु परेको छ ।


 

उद्योगमा काम गर्नेहरुको वास्तविकता:

Santa's real workshop

स्टिभले यस तस्बिरमार्फ कारखानामा काम गर्नेहरुको वास्तविकता देखाउन खोजेका छन् ।


 

सिकार:

The Trap

जसरी मुसालाई रोटीको टुक्रा देखाएर मेसिनमा फसाइन्छ, त्यसैगरी मानिसलाई पैसा देखाएर सिकार गरिँदैछ ।


 

खान पनि कति सकेका ?

The King

स्टिभले आफ्नो यो चित्रबाट माम्सहारीहरुमाथि व्यंग्य गरेका छन् । खान पनि कति सकेका हुन्, भैँसी पाए नि लुछेकै छ, कुखुरा पाए पनि लुछेकै छ, हुँदा हुँदा कुकुर, सर्प, भ्यागुता, गंगटाहरु पनि बाँकी रहँदैनन् । हेर्नुस् त चित्रमा एउटा मानिस आफूले अहिलेसम्म खाएका जनावरहरुको लासमाथि बसेर कुखुराको साँप्सा लुछ्दै छ ।


 

तबमात्रै मिल्ला सन्तुष्टि:

The Final Handshake

मानिस सबैभन्दा अशन्तोकी जात हो । सबै बर्बाद भएपछिमात्रै उसलाई सन्तोष मिल्ला भन्ने आसय यस तस्बिरमा देख्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१