देउवा र पौडेलको बिचमा सिटौला हिरो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७२, सोमबार १०:२५

kuwarनवराज कुवर / काठमाडौँ ।  कांग्रेस सभापतिको निर्वाचन रोमाञ्चक देखिएको छ । हुन त भर्खरै सम्पन्न पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले जम्मा ११ भोटको कमीले सभापति हुने अवसर चुकाए । रामचन्द्र पौडेल र देउवा प्रतिष्पर्धी देखिएपनि उनीहरुभन्दा निकै कम मतमा देखिएका कृष्ण सिटौला हिरो देखिएका छन् । संस्थापन पक्षमा लामो समयसम्म रहेर काम गरेपनि उपयुक्त स्थान पाउन नसकेपछि भिन्दै प्यानल घोषणा गरेका सिटौला देउवा पट्टि पनि जान सक्थे । अथवा पौडेललाई नेता मानेर पूववत् कुनै सर्तसहित अघि बढ्न सक्थे । तर त्यसो गरेको भए उनी १ सय भोट भएकामा गनिन सक्थे । तर उनले सभापतिमा लडेर ३ सय २४ मत प्राप्त गरे । त्यसले पनि शेरबहादुरको विजयलाई रोकेको देखियो भने रामचन्द्रलाई पनि गंभिर असर पारेको छ । अहिले सिटौला दुवै पक्षका लागि लोभलाग्दा बनेका छन् । उनी अझै पनि आफ्नो सर्तम माने संस्थापनलाई समर्थन गर्ने मनस्थितिमा छन् । संसदीय दलको नेता र आगामी प्रधानमन्त्री आफुलाई बनाउने सर्त पौडेलले मानेको अवस्थामा उनले पौडेललाई नै समर्थन गर्ने सम्भावना छ । तर त्यो अफर देउवाबाट छिटो आयो भने उनले उतै समर्थन दिन सम्भावना पनि कम छैन । महामन्त्रीमा सशांकको चर्चा महामन्त्रीमा संस्थापनका सशांक कोइरालाको माहोल राम्रो छ । संस्थापनबाटै देउवा क्याम्पमा आएका अर्जुन नरसिंह केसी र गगन थापाभन्दा माहोल सशंकको राम्रो देखिएको छ । तराईका भोटरहरु सशांकको पक्षमा बढि देखिएका छन् । एउटै परिवारबाट उठेका थापा र केसीको मत बाडिदा संस्थापनको एकलौटी भोट सशांकले लिने देखिन्छ । सभापतिमा देउवाले जितेर महामन्त्रीमा सशांकले जिते भने कुनै भागबण्डा मिलाएर पार्टी अगाडी बढाउन सक्छन् । तर रामचन्द्रले जितेर महामन्त्रीमा शसांकले हारेभने देउवाले पार्टी फुटाउन पनि सक्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१