यस्तो छ विकट गाउँदेखि काठमाडौँ सम्मको यात्रामा कलाकार डोमाको जीवन संघर्ष

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७२, सोमबार ०८:४८

डोल्मा‘यी हेर्नुस् जीवन जिउनेक्रममा गरेका संघर्षका खाटा अहिलेसम्म ताजै छन्’, डोमा ह्येल्मुले आफ्नो हातका केही औँला लागेको चोटको दाग देखाउँदै भनिन्, ‘काठमाडौँ आएपछि गलैँचा बुन्दा हात रक्ताम्य हुन्थे । काम नगरे खान पाइदैन थियो । राती १ बजेसम्म काम गर्नुपथ्यो ।’ उनले आफ्नो कथा भन्दै गईन् ।
अंग्रेजी फरर बोल्न सक्ने डोमाले जम्मा दुइ हप्ता भागेर विद्यालय पुगेको र त्यही दुइ हप्ता जीवनको अन्तिम औपचारीक पाठशाला भएको बताइन् । ‘जीवन चक्रजस्तै नै रहेछ, दुखबाट सुख अनि सुखबाट दुख ।’ उनले भनिन् ।
आज डोमा ह्येल्मु अर्थात डोल्मा (चलचित्रमा) भनेर नचिन्ने कमै होलान् । उनी विभिन्न चलचित्र, टेलिश्रृङखला र म्युजिक भिडियोमा अभिनय गरेकी चिरपरिचत अनुहार हुन् । उनी सिर्फ कलाकार मात्रै पनि हैनन्, एक सफल महिला व्यवसायीका रुपमा पनि परिचित छिन् ।
उनको जीवन यात्रा निकै संघर्ष वा शून्य पोइन्टबाट शुरु भएको थियो । सिन्धुपाल्चोकको एउटा विकट गाउँमा जन्मिएर सार्है दुख खेप्नुपरेपछि पैसा कमाउन काठमाडौँ छिरेकी डोल्माले के के गरिनन् । प्रस्तुत छ उनै डोमासंग कुराकानी गरेर पत्रकार नवराज कुँवरले तयार पारेको यो सामाग्री ।

मेरो जन्म २०२० सालमा सिन्धुपाल्चोकको विकट हेलम्बु गाउँमाभएको हो । मेरो बुवा निम्न आर्थिक अवस्थाको हुनुहुन्थ्यो ।उहाँ खेतीकिसानी, गाईबस्तु गोठालो गर्ने गर्नुहुन्थ्यो ।आमा खेतबारीमै कामगर्नुहुन्थ्यो । मेरो बाल्यकाल एकदमै दुखपूर्णथियो । हुन त बुवाआमा नै दुखमा हुनुहुन्थ्यो, मैले के सुख पाउनु । अझ म त छोरीका रुपमाजन्मिएकीथिएँ । अहिले पो अधिकारहरु सुनिश्चित भए, कतिहुने क्रममा छन् । तर त्यो बेला महिलालाई दोश्रो दर्जामै राखेर हेरिन्थ्यो विशेष गरि गाउँमा ।
लाजसम्म ढाक्ने एउटा जामाहुन्थ्यो । पर्याप्त कपडाहरु नभएका कारण त्यही एउटा जामा मैलिएर कालो मैलो भईन्जेल लगाउनुपथ्र्यो । फेरि गाउँको काम पनि त्यस्तै त हो । घाँस काट्न जंगलजानुपर्ने, बस्तु चराउनगोठालो जानुपथ्र्यो । घरको चुलो चौको पनिगर्नुपर्ने । गाउँमा रहुन्जेल चप्पल कहिले लगाउन पाइएन । बुवाआमाकिसानभएकाले पैसाको चरम दुखभएपनिखाने कुरा भने आफ्नै बारीमा उत्पादन हुन्थ्यो । त्यसैले खानको त्यत्रो दुख बेहोर्नुपरेन । अरु दुखहरुको त कुरै नगरौँ, नभोगेको दुख के छ र ?

मलाई विद्यालय पढ्न जानखुब मन लाग्थ्यो । तर त्यतिबेला छोरी मान्छेले पढेर के गर्ने भन्थे । त्यसैले मेरो त्यो चाहानामारेर घाँस दाउरा गर्नुको विकल्प मसंग थिएन । तर म नौ वर्षको हुँदादुई हप्ताभागेर स्कुलगएको थिएँ ।त्यति बेलागाउँको पल्लो छेउमा शेरपाथाङ भन्ने स्कुल थियो । घरको काम सकेर म लुकेर त्यो स्कूलजान्थे । त्यो विचमा त्यहाँ भएका केही सांस्कृति कार्यक्रमहरुमा म नाच्नपनिभ्याएँ । तर म नाचेको देखेर त्यति बेला प्रशंसा गर्नुको साटो भन्थे, ‘कस्तो लाज पचेकी रहीछ, यत्रो मान्छेको अगाडी नाचेकी हेर ।’

सानामाम अलिचञ्चले र चकचके थिएँ । घरको काममाअलि–अलि ठग्थेँपनि । डोको लिएर पत्ता सोर्नजाँदाडोकोको प्वालबाट पत्ताथोर कि धेर थाहाहुने भएकाले प्वालनभएको थुन्जेलिएर जान्थे । त्यहाँ त पत्तानखाँदेपनिथाहाहुँदैनथियो नि । आलुरोप्दा मेलोर्म निदाउँथे । आमाले गालीपनिगर्नुहुन्थ्यो । गाईबस्तु चराउनजाँदागाइबस्तु छाडेर साथीहरुसंग गट्टी खेलेर बस्थेँ, उतागाईबस्तुले बाली स्वाहा बनाउथे ।

डोल्मा एकबुवाआमागरिब भएकाले हामीलाई गाउँमा एकदमै दुख हुन थाल्यो । पहिला भन्दा अझै बढ्दै थियो हाम्रो गरिबि । त्यसैले म ्१३ वर्षको उमेर हुँदा घरको दुख टार्न शहर पुगे केहीकमाउने विचार गरेँ । त्यसपछि ३ जना अरु संगिनिसंग कुरा मिलाएँ । अनिपत्ता सोर्न जाने भनेर डोको बोकेर त्यसमाअलिकति भुटेको मकै र मूलाबोकेँ । अनि एउटा पुरानो जामाथियो त्यो पनिहालेर, हामी एका बिहानै सुटुक्क भाग्यौँ । हेलम्बुबाटकरिब ३ घण्टा हिडेर सेलेगाउँपुगेका थियौँ । त्यहाँ नेर पुगेपछिबुवाले समाति हाल्नुभयो । तर मलाई बुवाले कहिले पिट्नुहुन्न थियो । आमा केहीबेर रिसाउनुभयो । काठमाडौ छिर्नअसफल भएपछि म गाउँमादाउराघाँस गरेर बसेँ ।
एकवर्ष गाउँमा बसेपछि म १४ वर्षको उमेरमा घरकै सल्लाहमा पैसा कमाउन भनेर काठमाडौँ आएँ ।गाउँमा पैसाकमाउन मन लाग्थ्यो तर त्यो पैसा के गर्ने भन्नेमाचाहिँत्यत्रो ठूलो योजनाहुन्नथ्यो ।पैसाकमाएर अलि राम्रो लगाउँला, मिठो खाउँलाभन्ने सोच काठमाडौ आएपछिमात्रआयो । गाउँमाहुँदा त के थाहा, मान्छेले कस्तो–कस्तो लगाउँछन् ? सबैभन्दा मीठो कुरा के हुन्छ ?आफुले भोगेको जीवनभन्दा अरु जीवन र युगबारे केहीथाहाथिएन ।

काठमाडौँमा मेरो कान्छा काका हुनुहुन्थ्यो । निकै धनि हुनुहुन्थ्यो ।उहाँको गलैचा कारखानाथियो ।१४ वर्षको उमेरमाम काठमाडौँ आएपछि काकाकै कारखानामा काम गर्न थालेँ । आफ्नै काकाको त्यत्रो कारखानाभएपनिदाजुको छोरी भनेर आफैसंग पनि राख्नुभएन । अरु कामगने केटीहरुसंगै बस् भन्नुभयो र म तीनै साथीहरुसंग बसेँ । अरुजस्तै खटिएर म कामगर्थेँ । सायद काकाले त्यतिनगर्देको भए मैले थप दुखबाट पाठ सिक्ने पनिथिइन कि । त्यो बेला काठमाडौँको बसाई निकै दुखपूर्ण थियो । १६, १७जनाकामगर्ने साथीहरु थियौँ । एउटै कोठामा७जनासम्म सुथ्यौँ । हामीचाबहीलमा बस्थ्यौँ । गलैँचाबुनेरदिनको १५ रुपैयाँकमाउथे । खानेकुरा खान मन लागेको बेलागलैँचाको कामगरिसकेर काकाले १५ रुपैयाँदिनुहुन्थ्यो, अनि त्यसैले किनेर खाइन्थ्यो ।

त्यहाँदुइवर्ष काम गरेपछि अझै पैसा कमाउने विचार गरेर परिवारको सल्लाहमा म साथीहरुसहितजम्मु काश्मिरपुगेँ । तर त्यहाँपुगेपछि त थाहाभयो हाम्रो लागि त गलैचाको काम नै राम्रो थियो । त्यहाँहामीले झाडु लगाउने कामगर्यौँ । दिनभरि सडकमा झाडु लगाउने कामगर्नुपथ्र्यो । झन् धेरै दुख खेप्नुपर्यो त्यहाँ ।

दुखै भएपनि मेरो जीवनमा कान्छा लामाआए ।हेलम्बुनै घर भएका कान्छा त्यहाँ बस्दा रहेछन् । उनीहामीलाई कामलगाउँथे । सुपरभाइजर थिए ।उनले मलाई मन पराएका रहेछन् । अनिबुवासंग कुरा गरेछन् । बुवाले पनिमलाई १६ वर्षको उमेरमाउनै कान्छासंग विहे गरिदिनुभयो । विवाहपछि त्यहाँ ६ महिना बसिसकेपछि बुढासंग म पनिगाउँफर्केँ । ्तर घर फर्केको केही समयपछि नै धनकमाउने भन्दै कान्छा काठमाडौँ हिँडे । अनिएक्लै भएँ ।
दुखै भएपनि घरमापुलपुलिएर हुर्केकीथिएँ म । कान्छा हिँडेपछि म त्यहाँएक्लो थिएँ । माटोको कामगर्नुपथ्र्यो । सार्है दुखपाएँ । ससुरा दोश्री श्रीमतिकहाँ बस्थे । सासुचाही जेठो छोरासंग बस्थिन् । घरको अलिमास्तिर चिहानथियो । म रातभर डरले सुत्न सक्दिनथिएँ । म सानै उमेरको भएर होलामलाई सार्है डर लाग्थ्यो । त्यतिबेलै छोरा पनिजन्मियो ।
अब छोरा पनि हेर्नुपर्ने भएपछि कामको बोझअझै धेरै थपियो ।त्यहाँको दुखभन्दा राती १ बजेसम्मभएपनि काठमाडौँमा गलैँचाबुन्ननै मलाई उचितलाग्यो । कान्छा फर्केर नआएकाले छोरा ६ महिनाको हुँदाडोकोमा केहीखानेकुरा, लुगा र त्यसमाथी छोरालाई राखेर म काठमाडौँ आएँ । फेरि गलैँचाबुन्ने काम नै गर्न थालेँ । केही समय काम गरेपछि कान्छा पनियहीबौद्धमै मिस्त्रीकामगर्दारहेछन् । हाम्रो भेटभयो । अनि संगै बस्न थालियो । काकाले गरिखानु भनेर १०हजार ऋण दिनुभयो । त्यही पैसाले हामीआफैले कारखानाखोल्यौँ । त्यसपछिमेरा अरु ३ वटी छोरीहरु भए । ४जना छोराछोरी भईसकेपछि विगतदेखिनै कान्छासंगको धमिलो सम्बन्धअन्ततः टुंगियो । हामी छुट्टियौँ । म अझै दुख गरेरै भएपनिआफ्ना सन्तानकालागि खट्न थालेँ । आफुले नपढेपनिआफ्ना छोराछोरीलाई शिक्षितबनाउन म मेहनगर्न थालेँ । राती १ बजेसम्म गलैँचामाकामगर्थेँ । अनिबिहान ५ बजे उठेर बच्चाहरुलाई खानाखुवाउने, लुगाधुनेलगायतकाकामगर्थेँ । त्यतिबेला म रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमफुलबारीमागीतगाउनपनिगएँ । मेरो स्वर राम्रो थियो । पछि नेपाल टेलिभिजनमापनिआफ्नो संस्कृतिझल्काउने गीतगाउने अवसर पाएँ । अलिअलिगर्दै म कलाकारिता पट्टि पनिप्रवेश गरेँ । मैले कलाकारीतामाप्रवेश गरेर पैसा कमाईन बरु मैले कति ट्यामी घिउ खर्च गरेँ ।
संघर्ष गरे के हुँदैन रहेछ र ?जीवन एउटा चुनौति नै रहेछ । यसको सामनागर्न सक्नेले नै जितहाँसिलगर्ने रहेछन् । हुन त मैले पूर्ण रुपमाजीवनलाई जितेको छु भन्दिन । तर संघर्षका ठूला ठूला पहाड छिचोलेर म आजजीवनको निकट छु । जीवनको अर्थ केहीहदसम्मबुझेकी छु । त्यसैले सामान्यचुनौतिसंग डराउँदिनपनि । अहिले मेरो छोरा अध्ययन सकेर क्यानाडामा बस्छ । एउटी छोरी अमेरीकामा, अर्कीजर्मनमा बस्छिन् । कान्छी चाहिँ छोरी मसंगै बस्छिन् । उनले पनिनर्सिङ गरेकी छन् । मैले पनि अमेरीका, जर्मन, बेलायत, क्यानाडा, जापान, थाइल्याण्डलगायतका देशहरुको पटक पटक भ्रमण गरिसकेँ । तर मलाई नेपाली संस्कृति र भूमिजस्तो स्वर्गिय कुनै पनि देश लागेन । मआफ्नै देशमा बस्छु र यही मर्न चाहान्छु ।
जोरपाटीमा बस्नको लागि एउटा घर बनाएको छु । हिँजो के लाउँ के खाउँथियो । तर समयले घुमायो, आज म दुखिको पनि दिन आयो । म धनिपनि छैन, के लाउँ के खाउँको अवस्थामापनि छैन । तर आज कतिपय सामाजिक संघसंस्थाहरुलाई आर्थिक, नैतिक सहयता गर्ने गरेको छु । म आफ्नो दुख सम्झन्छु र अरु दुख पाएकाहरुलाई सहयोग गर्छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१