आज महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाउँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७२, सोमबार ०६:४८
1150काठमाडौँ  । हिन्दु धर्मावलम्बीले महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । फाल्गुण कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि मनाउने गरिन्छ । देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत मुलुकका विभिन्न शिवालयमा ठूलो मेला लाग्छ ।
 
पशुपतिलगायत शिव मन्दिरहरूमा बिहान सबेरैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ । शिवरात्रिका दिनमा पशुपतिनाथका चारवटै ढोका खुला गरिन्छ । यस दिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमश: दूध, दही, घिउ र महले स्नान गराउने परम्परा छ ।
 
दर्शनका लागि पशुपति आएका सन्त, महन्त, साधु, सन्यासी, उदासी, वैरागीसमेतलाई गुठी संस्थानले शनिबार रातिदेखि बुधबार बिहानसम्म नि:शुल्क भोजनको व्यवस्था गरेको छ । उनीहरूलाई बुधबार बिहानको भोजनसँगै दान, दक्षिणासहित पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्छ । शिवरात्रिका लागि धुनी जगाउन गुठी संस्थानले नि:शुल्क मुढासमेत उपलब्ध गराउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१