सिटिइभिटी र एडिटियूबीच सहकार्य हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ फाल्गुन २०७२, आईतवार १३:४३

आसाम डाउन टाउन । यूनिर्भसिटी र नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीबीच प्राविधिक शिक्षामा साझेदारी गर्न पहल शुरु भएको छ । प्राकृतिक विपत्तिमा परेका व्यक्तिको सहयोगका लागि आवश्यक ट्रमा र मृगौलाका लागि आवश्यक डाइलोसिस सुबिधा विस्तार गर्ने विषयमा द्वीपक्षीय अन्तरक्रिया सम्पन्न भएको छ । पाठ्यक्रम विकासकै लागि सिटिइभिटी र यूनिर्भसिटीका उच्च अधिकारीबीच सम्वाद भएको हो ।ADTU CTEVT3

 

प्राविधिक शिक्षाका नेपालमा भित्र्याउने उद्देश्यले दुई वटा शैक्षिक संस्थाबीच सहकार्यको थालनी गरिएको आसाम डाउन टाउन यूनिर्भसिटीका नेपाल संयोजक शंकर भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार अध्ययन भ्रमणपछि ट्रमा र डाइलोसिसका लागि सिटिइभिटीले पाठ्यक्रम तयार गर्ने छ ।

प्रतिक्रिया