महिनावारी हुँदा गोठको बास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ फाल्गुन २०७२, आईतवार ११:४९

सम्राट सिंह/ बझाङ २३ फागुन। पाराकाट्ने गाविस ४ डिक्लाका महिलाहरु महिनावारी हुँदा गाई गोठमा बस्ने गरेका छन । देवता रिसाउने र अनिष्ट हुने डरले डिक्लाका महिलाहरु महिनावारी हुँदा घरभन्दा टाढा अथवा गाइगोठ बस्ने गरेका हुन । बझाङ जिल्लामा विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले छाउपडि मुक्त गर्ने नाममा लाखौ रकम खर्चेतापनि गाउँमा भने यसको प्रभाव न्यून देखिएको छ ।गोठ

घरमा केही सानोतिनो समस्या हुँदा समेत धामीझाँक्रीले छुवाछुतको दोष देखाउँछन पाराकाट्ने ४ डिक्ला घर भएकी दिकु देवी साउँद ले भनिन् छुवाछुत भयो भने घरमा समस्या आउने डरले अलग्गै बस्ने गरेका छौ ।

यसरी ग्रामिण भेगका महिलाहरु महिनावारी हुँदा एक हप्ता सम्म गाउँभन्दा टाढा अथवा एकान्तमा बस्ने गरेकाले कतिपय महिलाहरु बलात्कारको सिकार बन्न पुगेकी छन भने कतिपय महिलाहरुले नवजात सन्तान नै गुमाउनु परेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१