मेरो तालु खुइलिएको ५ वर्ष भयो । के यो रोग हो ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ फाल्गुन २०७२, आईतवार ०७:११
तालुतालु खुइलिनु पनि एउटा रोग नै हो । तालु खुइलिएका बिषयमा हाम्रो समाजमा अनेकौं किस्सा सुन्न पाइन्छन् । कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग पनि दाँज्ने गरेका छन् । तर, यो वास्तविकता होइन । खासमा तालु २ प्रकारले खुइलिन्छ । सिकाट्राइसियल र नन–सिकाट्राइसियल । सिकाट्राइसियलमा जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी , चोटपटक वा क्यान्सरका कारण तालु खुइलिने हुन्छ । त्यस्तै नन–सिकाट्राइसियलमा कहिलेकाहि सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै । खुइरे भनिने सानो भाग खुइलिने रोग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी संक्रमणका कारण देखिन्छ । त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ । पूरा भाग खुइलिएपछि रौंका जरा नष्ट हुन्छन् । जसको कारण कपाल पलाउन सक्दैन र तालु चिल्लो देखिन्छ । नन सिकाट्राइसियल रोगमा रौंका जरा हुने भएकाले पुनः पलाउन सक्छन् ।
डा सूर्य पराजुली
स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१