काभ्रे । नेपाल सरकारका शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले लोक संस्कृति राष्ट्रको सम्पति भयकोले यसको सबैले प्रबद्धन गर्नु पर्ने बताउनु भएको छ । काभ्रेली कलाकार समाजद्वारा बनेपामा आयोजित अन्तरास्ट्रिय लोक साँस्कृतिक महत्सोब २०१६ मा बोल्दै मन्त्रि ढकालले नेपाल बहु-साँस्कृतिक मुलुक भयकोले संस्कृतिमा धनि रहेको तर प्रयाप्त प्रचार प्रसार बिना साँघुरो दायरा भित्र खुम्चिन बाध्य भयको बताउदै यस्ता अन्तरास्ट्रिय महोत्सवले नेपालको सहि पहिचान अन्तरास्ट्रिय क्षेत्रमा दिन मद्धत पुग्ने बिश्वाश ब्यक्त गर्नु भयो । महत्सोब्मा भारत, नेपाल, इन्डोनेसिया, मेक्सिको, बंगलादेश, श्रीलंका , इस्टोनिया लगायतका देशहरुबाट लोक साँस्कृतिक कलाकार हरुको उल्लेख्य सहभागिता रहेको थियो । हजारौ दर्शकहरुको बिचमा विभिन्न देशका कलाकारहरुले आ-आफ्ना रोचक र मौलिक लोक संस्कृति प्रस्तुत गरेका थिए । महत्सोबमा सहभागि कलाकारहरुलाइ मन्त्रि ढकालले प्रमाणपत्र वितरण गरेका थिए।
प्रतिक्रिया