हलिउड फिल्ममा भिलेन बलिउड अभिनेत्री प्रियंका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ फाल्गुन २०७२, आईतवार ०६:०९

prinkaबलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउड फिल्ममा डेब्यु गरेकी छिन् । प्रियंकाले ‘बे वाच’ नामक अंग्रेजी फिल्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै छिन् । उनको फिल्मको मंगलबारदेखि फलोरिडाको बोका रेटनमा सुटिङ सुरु भएको छ । यसअघि ‘क्वान्टिको’ बाट अमेरिकी टिभी स्क्रिनमा प्रवेश गरेकी प्रियंकाले ‘बे वाच’ मार्फत हलिउड फिल्म उद्योगमा पाइला अघि बढाएकी छिन् । फिल्ममा उनी खलअभिनयमा रहेको बताइएको छ । फिल्ममा प्रियंकाका अलावा ड्वेन जोनसन, ज्याक एफ्रोन, केली रोहबेकलगायतले अभिनय गरेका छन् । उनी बलिउडझैँ हलिउडमा समेत जम्ने दाउमा छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१