आखिर किन सुक्छ ओठ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ फाल्गुन २०७२, आईतवार ०५:५०
othaप्राय: व्यक्तिले लिपबाम या लिपग्लस सधौ साथमै लिएर हिाडेको देखिन्छ, किनभने, पटकपटक ओठ सुकेर हैरान हुनुपर्छ, तर कमैले सोच्न भ्याएका हुन्छन्, आखिर किन सुक्छ ओठ ? ओठ सुक्ने कारण पत्ता लगाएर, समाधानको पाटो खोज्ने हो भने सधौ लिपबाम या लिपग्लस साथमा राख्नुपर्ने बाध्यता रहादैन, त्यसैले जानिराखौा, किन सुक्छ ओठ ?
ओठ सुक्ने एउटा खास कारण हो डिहाइड्रेसन (शरीरमा पानीको कमी) । शरीरमा डिहाइड्रेसनको समस्या छ भने ओठ सुक्खा हुन्छ ।हुन्छ जसले ओठ सुक्खा बनाउँछ । कुनै टुथपेस्ट पनि ओठ सुक्खा हुने कारण बन्न सक्छ ।
कुनै वेला विभिन्न किसिमका एलर्जी, अस्वस्थ अवस्थाले समेत ओठ सुख्छ । भिटामिन ‘बी’को कमी तथा अत्यधिक भिटामिन ‘ए’का कारण पनि ओठ फुट्छ ।
लामो समयसम्म ‘अल्ट्राभ्वाइलेट’ किरणको सम्पर्कमा रहनु पनि ओठ सुक्ने अर्को कारण हो । लिपबाम लगाएर ‘अल्ट्राभ्वाइलेट’बाट बच्न सकिन्छ ।
मुखबाट स्वास लिने बानीले पनि ओठ सुक्खा बनाएर फुटाइदिन्छ । केही खानाले पनि ओठ सुक्खा बनाउँछ ।
धेरैको सोचाइ हुन्छ, पटक–पटक ओठ भिजाउँदा सुक्खा हुँदैन । तर, यो गलत हो । बरु, यसो गर्दा ओठ झन् बढी सुक्छ । सुकेको ओठ दाँतले टोक्ने तथा जिब्रोले चाट्ने गल्ती कहिल्यै नगर्नुहोला ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१