बस्नेत रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार २०१४ बाट पुरस्कृत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७२, शनिबार २०:१६

बिर्तामोड  ।  मोफसलको सर्वाधिक राशीको झापामा रुद्र–गौरी, श्री–अम्विका ओली प्रतिष्ठानद्वारा स्थापित पुरस्कार आज विभिन्न चार प्रतिभालाई प्रदान गरिएको छ ।
ओली वंश प्रतिष्ठान बिर्तामोडमा आयोजित कार्यक्रममा काठमाडौंका कृषि बैज्ञानिक भोलामान सिंह बस्नेतलाई रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार २०१४ बाट पुरस्कृत गरेको छ भने अछामकी मथुरादेवी कुंवरलाई गौरादेवी स्मृति आदर्श आमा पुरस्कार २०१४ प्रदान गरिएको छ । त्यस्तै अम्बिका ओली स्मृति साहित्य पुरस्कारबाट कीर्तिपुरका प्राध्यापक मोहनराज शर्मालाई पुरस्कृत गरिएको छ । राष्ट्रियस्तरका उक्त तीनवटै पुरस्कारको राशी प्रति पुरस्कार नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र रहेको छ।
त्यस्तै प्रतिष्ठानका संस्थापक श्रीप्रसाद ओलीले आफ्नी छोरी देवी ओलीका नाममा स्थापना गरेको देवी ओली स्मृति बाल पुरस्कारबाट बाग्लुङका रिवाज श्रेष्ठलाई पुरस्कृत गरिएको छ। बाल्यकालमै रिवाजले यान्त्रिक उपरकणको निर्माण गरी सफल प्रयोग गरेको भन्दै ५१ हजार १ सय ११ नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो ।
पुरस्कृतप्रतिभालाई प्रमुख अतिथि उपप्रधान महिला बालबालिका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकाश मैनाली, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले नगद तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
पुरस्कृत बस्नेत कृषि बैज्ञानिक हुन् भने कुंवर एचआईभी एड्स संक्रमित महिलाहरुको सशक्तिकरणमा विगत १८ वर्षदेखि काम गर्दै आएकी छन् । अर्का पुरस्कृत व्यक्तित्व शर्मा झण्डै ५ दशकदेखि साहित्य समालोचनामा सक्रिय छन् ।
त्यसै गरी १ लाख १ हजार १ सय एघार रुपैयाँ राशीको अम्बिका ओली स्मृति साहित्य पुरस्कारबाट कीर्तिपुरका प्राध्यापक मोहनराज शर्मालाई प्रदान गरिने भएको छ । शर्माले नेपाली साहित्य समालोचना क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिन लागेको हो ।
सो अवसरमा प्रतिष्ठानका संस्थापक स्वर्गीय श्रीप्रसाद र अम्बिका ओलीको अर्धकदको शालिक समेत अनावरण गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मैनाली, विशेष अतिथि उप्रेती, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा कन्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, प्राज्ञ यज्ञराज प्रसाई, भीम आचार्य, पुरस्कृत प्रतिभाहरु मोहनराज शर्मा, भोलाामान सिंह बस्नेत, मथुरादेवी सिंह, रिवाज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
गोपाल ओलीले स्वागत तथा औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन शुभसन्देस गौतम र यज्यु श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा नेपाली लोकगीत तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१