सोलुबाट पार्टीका लागि के सन्देश लिएर आए आङ गेलु शेर्पा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७२, शनिबार ०८:४७

आङ गेलु शेर्पा नेपाली कंग्रेसको १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उमेदवार हुन् । राजनीतिलाई सोच्ने चिन्तनको सवालमा ‘अरुभन्दा म छुट्टै छु’ भन्ने शेर्पा देउवा पक्षीय नेताका रुपमा चिनिन्छन् । नेपाली कांग्रेस सोलु जिल्लाको पटक–पटक सभापति बनेका शेर्पा आफ्नो जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । २०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा होमिएका शेर्पाले पार्टीले दिएका विभिन्न जिम्मेवारीहरु पनि पूरा गरिसकेका छन् । यो पाली जनजातीको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उठेका शेर्पा आफु केन्द्रीय सदस्यमा विजयी हुनेमा विश्वस्त छन् । उनले विश्वस्त हुने आधारहरु के हुन् त ? उनले जित्दा अरुभन्दा फरक के गर्न सक्छन् ? प्रस्तुत छ, राष्ट्रिय खबरका लागि पत्रकार नवराज कुँवरले उनै शेर्पा संग गरेको कुराकानीको अंश ।

sherapa
तपाई केन्द्रीय सदस्यमा उठ्नुभएको छ, जित्छु पनि भन्दै हुनुहुन्छ, के आधार छन् तपाईले जित्ने ?
हेर्नुस्, म २०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्यको रुपमा नेपाली कांग्रेसमा प्रवेश गरेको मान्छे हुँ । यस क्रममा मैले पार्टीका लागि धेरै खटेको छु । जेलनेल भोगेको छु । नेविसंघकै आन्दोलनका क्रममा पटक–पटक म पक्राउ परेर जेल जीवन भोगेको छु । त्यतिमात्र नभएर वैचारीक रुपमा पनि म पार्टीको सुदृढिकरण र समृद्धिका लागि राष्ट्रिय स्तरका पत्रपत्रिकामा लेखहरु प्रकाशन गरेर नयाँ विचार र धारणा राख्दै आएको छु । जसले गर्दा मेरो राजनीतिक संघर्षलाई धेरै साथीहरुले बुझ्नुभएको छ । धेरै जिल्लाका सभापतिहरुसंग मैले यसअघि कुराकानी गरेको थिएँ । उहाँहरुले पनि मलाई अगाडि बढ्न सुझाव दिनुभयो । र अन्य धेरै साथीहरु पनि मेरो विचार र मैले पार्टीमा गरेको परिश्रमलाइ साथ दिने पक्षमा मैले देखेको छु ।

पार्टीमा धेरै संघर्ष गरेको छु भन्नुभयो, तपाईको राजनीतिक पृष्ठभुमि के हो ?
मैले अघि नै पनि भने, म नेविसंघको सदस्यका रुपमा २०३६ सालबाट क्रियाशिल कांग्रेसी राजनीतिमा छिरेको मान्छे हुँ । त्यसयता मैले कांग्रेसी राजनीतिमा थकाई मारेको छैन । म २०४१ सालमा त्रिचन्द्र स्व.वि.यू सह–सचिव भएँ । २०४६ मा पार्टी जिल्ला समिति सदस्य भएको थिएँ । २०४७ मा नेपाल शिक्षक संघ सोलुखुम्बुको संस्थापक सचिव, २०४८ मा पार्टी जिल्ला कार्यसमिति सोलुको सचिव, २०५३ मा महासमिति सदस्य भएँ । २०५७ मा पार्टी सोलु जिल्ला सभापति भएँ । त्यस्तै २०५९ सालमा मैले पार्टीको तर्फबाट सांसद टिकट पाएको थिएँ तर त्यतिबेला चुनाव भएन । २०६२ र ६७ मा म दोश्रो र तेस्रो पटक जिल्ला सभापति भएँ । ०६५ सालमा पार्टी केन्द्रीय मस्यौदा समितिको सदस्य २०७० मा समानुपातिक तर्फको उम्मेदवार थिएँ पार्टीको तर्फबाट ।

कांग्रेसको ध्रुविकरणमा तपाई कुन पक्ष ?
वैचारिक रुपमा र पार्टीमा सबैलाई मिलाएर लैजान सक्ने नेतृत्वको रुपमा देखिनुभएका शेरबहादुर देउवाजीको निकट छु ।
देउवा र संस्थापनमा फरक के छ ?gelu
देउवाजी कुराभन्दा पहिला काम गर्नुहुन्छ । म पनि राजनीतिमा आईसकेपछि यही चाहान्छु । राजनीतिमा कुराभन्दा ज्यादा काम गर्ने नेतृत्वको आसामा जनताका आँखा छन् । त्यसैले मैले देउवाको नेतृत्वमा समर्थन जनाउँदै सहभागी भएको हुँ ।
के काम गर्नुभो देउवाजीले ?
यसअघि पनि संस्थापन पक्षका नेताहरुले काम गर्नुभयो । तर पनि ती कामहरु जति प्रभावकारी हुनुपर्ने हो त्यो हुन सकेनन् । विपी कोइरालाले पहिलोपटक व्यवहारिक समावेशी क्याविनेट गठन गर्नुभयो । विपिको त्यो कामलाई कानूनतः मान्यता प्रदान गराउनुभयो शेरबहादुर देउवाले । त्यसैले देउवा नेतृत्वनै कांग्रेसमा आजको आवश्यकता हो ।
तपाईका आफ्नो प्रतिवद्दताहरु के छन्, के भनेर भोट मागिरहनुभएको छ ?gelu 1 gelu 12
निश्चय पनि म केही महत्वपूर्ण एजेण्डाहरुका साथ आएको छु । हुन त पराजित हुँदा पनि पार्टीप्रति मेरो भूमिकामा एकरत्ति कमि त आउँदैन तर मैले जितेको खण्डमा पार्टीलाई विधानसम्मत संस्थागत निर्णय प्रक्रियाद्धारा पूर्ण लोकतान्त्रिक पार्टीको रुपमा अगाडि बढाउन र युवाहरुको राजनीतिक भविष्य सुनिश्चित गर्न आवाज उठाउने छु । लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रभावकारी कार्यान्वयन गर्न आफ्नो ठाउँबाट विशेष पहल गर्ने छु ।
अझ पारदर्शी, जनमुखी र जनउत्तरदायी दलको रुपमा पार्टीलाई स्थापित गर्ने मेरो भूमिकामा कहिले कमि आउने छैन । मलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन र जलविद्युतको प्रचुर मात्रामा विकास गर्न विशेष कार्यक्रमसहित यस क्षेत्रमा पार्टीलाई सक्रिय संलग्नता गराउन भूमिका खेल्नेछु । छिमेकी मुलुकहरुको तीव्र विकासको गतिसंगै देशलाई समाहित गर्दै आर्थिक कुटनीतिमार्फत मुलुकको समृद्धिलाई टेवा पु¥याउन पार्टीलाई अग्रसर बनाउन विशेष पहल गर्नेछु ।
कांग्रेसलाई सम्पूर्ण रुपमा देशको एक नम्बर पार्टी र जनताको पार्टीको रुपमा विकास गर्न मेरो भूमिकामा म कहिले कमि आउन दिने छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१