यस्तो छ ‘नाई नभन्नु ल ४’ को शिर्ष गीत (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७२, शनिबार ०७:३२

काठमाडौं । तीन वटा सिक्वेल सफल भएपछि निर्माण भएको चौथो सिक्वेल ‘नाई नभन्नु ल ४’ को शिर्ष गीत रिलिज भएको छ । विकास आचार्य निर्देशित चलचित्र गीतसंगीतका कारण पनि बढि चर्चामा आउँछन् । उनका अघिल्ला चलचित्रका पनि गीत संगीत अब्बल मानिएका थिए । उनै आचार्यले लेखेको बसन्त सापकोटाले संगीत दिएको नाइ नभन्नु बोलको गीतले पनि चर्चा पाउने विश्वास लिइएको छ । गीतमा राजेशपायल राई र रजिना रिमालले स्वर दिएका छन् । भिडियोमा पल शाह र वर्षा राउतले अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । चैत्र २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको सामिप्यराज तिमल्सिनाले पटकथा र संवाद तयार पारेका हुन् । हेर्नुस भिडियो : –

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१