जमिनमा पलेटी मारेर खाना खानुका ५ फाइदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७२, शनिबार ०७:१५
पलेटीनेपालमा केही समयअघि सम्म जमिनमा पिर्का ओछ्याएर पलेटी मारेर खाना खाने गरिन्थ्यो । तर आधुनिक बिगत केही बर्षअघि देखि पलेटी मारेर भुइमा बसेर खाना खाने चलन हराउदै जताततै डाइनिङ टेबुलको चलन आइसकेको छ । तर प्राचिन कालदेखि नै जमिनमा बसेर अर्थात पलेटी मारेर खाना खानुमा आर्युर्वेदले निकै महत्व देखाएको छ । जसलाई जान्नका लागि हेर्नुहोस जमिनमा बसेर खानाखानुका ५ फाइदा :
१.जमिनमा पलेटी मारेर खाना खादा पाचन प्रक्रिया सहज हुनाको साथै खाना छिट्टै पच्दछ । जसले गर्दा हामी बिभिन्न खाले पेटसम्वन्धि रोगबाट बच्ने गर्दछौं ।
२.जमिनमा पलेटी मारेर बस्नाले पेट,पिठ्युँका मांसपेशीहरुको सर्कुलेशन हुन्छ जसले यी अंगसँग जोडिएका अन्य अंगहरुको स्वास्थ्यमा सुधार ल्याउछ ।
३.पलेटी मारेर खुट्टा क्रस गरेर बस्दा पछाडिको हड्डी सिधा हुन्छ जसले तपाइको शरिरलाई मजवुत बनाउने काम गर्दछ ।
४.जमिनमा पलेटी मारेर खान खान बस्दा शरिरको रक्त सन्चार सहि हुने गर्दछ ।
५.उच्च रक्तचापका विरामीहरुलाई यो आसन अत्यन्तै उपयुक्त हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१