एकै छिनमा किन तात्छ स्मार्ट फोन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७२, शनिबार ०७:०६

स्मार्ट फोनकाठमाडौ ।  कहिले चलाउँंदा चलाउँंदै त कहिले एकै छिन चार्जमा राख्दा पनि स्मार्ट फोन तात्छ । तात्नु राम्रो होइन,तर तातो भयो भनेर डराइहाल्नु पनि पर्दैन । स्मार्टफोन अलिबढी चार्जमा राख्यो भने त तातो हुन्छ नै । सामान्यतया यस्तो हुनु राम्रो होइन । फाने तात्नु हुँंदैन । चार्जमा लामो समय राखेका कारण मात्र होइन फोन धेरै डाटा प्रोसेसिङ भइरह्यो भने पनि तात्छ । त्यसकारण एकै पटक धेरै डाटा प्रोसेसिङ हुन दिनु राम्रो होइन । जिपिएस लामो समयसम्म अन हुने या ब्लुटुथ स्पिकर अन भएका कारण पनि फोन तात्ने अवस्था आउँंछ । लगातार धेरै समय गेम खेल्ने वा कुनै धेरै रेजुलुशन भएको फोटो लियो भने पनि फोन तात्ने गर्छ । मेलवेयर वा भाइरसका कारण फोन तात्नु स्वाभाविक हो । कुनै भाइरसले तपाईको डाटामा प्रवेश गर्छ,किनकि भाइरसलाई डाटावारे पनि जानकारी चाहियो । यदि ‘इन्टालेशन फ्रम अननान सोर्सेस’को बन्द गरिदिए पनि धेरै झन्झटबाट मुक्त हुन सकिन्छ । यदि सेफ्टी मुडमा राख्दा पनि फोन तात्यो भने केही समयका लागि फोन बन्द गर्नु राम्रो हुन्छ । फोनमा प्रयोग गरेको ब्याट्री सही र सक्कली परेन भने पनि फोन तात्ने खतरा रहन्छ । त्यसैगरी चार्च गर्ने केबुलमा समस्या छ भने पनि फोन तात्छ । पुरानो स्मार्टफोनको व्याट्रीलाई ध्यान दिएर हेर्नुपर्छ ताकि त्यसका कारण फोनका अन्य प्रविधि र अवस्थामा क्षति नपुगोस । ब्याकग्राउण्डमा चरिरहेको ऐपका कारण पनि फोन तात्ने गर्छ । नयाँं स्मार्टफोन तात्नु हुँंदैन,तात्यो भने कुनै समस्या छ भन्ने बुझ्नुपर्छ । यदि नयाँं स्मार्टफानको प्रोसेसर काम गरिरहेको छ भने सामान्य हिसाबले तात्नु स्वभाविक हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१