काठमाडौमा कामी भन्दै कुटिए सुरज सुनार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ फाल्गुन २०७२, शुक्रबार २१:११

कमिकाठमाडौ   । गोर्खा नारेस्वर ७ घर भै बिगत लामो समय देखि काठमाडौ कलङ्की धापा गाउँमा ब्यापार गर्दै आफ्नो श्रीमती र एक छोरीको साथमा बस्दै आएका सुरज सुनार कलङ्कि स्थित अस्थायी ब्यपारीहरु सगै प्रतिस्पर्धा हुने गरेको र यहि इसुलाइ लिएर बेला – बेलामा साथिहरुले उनी माथी दबाब र अपमान गर्दै आएको आफू एक्लो दलित मात्र ब्यापारी टिममा भएको हुँदा उनी चुपचाप सहेर बस्नु परेको र बेला – बेलामा आफ्नो श्रीमती संग गुनासो पोखेको श्रीमती बताउछिन । ब्यापार कै शिलशिलामा मिति फागुन २० दिउँसो २ बजे तिर चितलाङ घर भै हाल सुरज सगै एउटै एरियामा बस्ने जनक बलामी , धादिङ घर भएका सुजन थापाले सामान्य निहुँमा ´ त कामी , तल्लो जात ` भन्दै कुटपिट गरेको अबस्थामा महानगरीय अस्थायी प्रहरी बिभाग गंगबुका “सहि ” एकराज खड्काले देखे पछि प्रहरी थानामा पिडक सुजन थापा र जनक बलामीलाई हिरासतमा राखेको अधिकार कर्मी सरु सुनार बताउछिन् , काठमाडौमा डेरा गरि बसेका सुरज सुनार आफ्न्त र आफ्नो न्यायको लागि कोहि नभेटे पछि घटना थाहा पाउन साथ अधिकार कर्मी सरु सुनार , जन उत्थान मन्चका उपाध्यक्ष रण ब, रम्तेल प्रहरी कार्यलय पुगेका थिए । पिडक पक्षका ८,१० जना युवाहरु एकोहोरो भित्रै मिलापत्र र केही धम्मिका आवज पनि सुनिन्थो , डक्टरी रिपोर्ट अनुसार नाकमा भित्र चोट लागेको हुँदा 1 हप्ता सम्म रेस्ट र औसधि खानु पर्ने र अन्य शरीरमा चोट लागेको रिपोर्टले बताएको छ। कार्यलाय भित्रै पिडकका ब्याक्तीको अस्वाभाविक ब्यक्त्ब्यले पीडित डराएको देखिन्थे कानुनी प्रक्रियामा जादा ती पीडित र परिवारको जिम्मा लिन सक्ने र बस्न सक्ने अवस्था नदेखिए पछि सुरज सुनार आफ्नो र परिवारको रक्षा र रोजिरोटिको लागि पनि मिल्न बिबश भएको गुनासो गर्छन् सुरज सुनार ” म यहि ठाउमा फेरि ब्यापार गरि बस्न र मेरो परिवार सुरक्षित हुन सक्दैनन् ” आइन्दा यस्तो गल्ती नगर्ने र उपचार खर्च पिडकले बेहोर्ने सर्तमा घटना मिलेको हो सरु सुनार भन्छिन -छुवाछूतका मुद्दा सरकारि मुद्दा भए पनि सबिघानमा उलेखित गरिए पनि दलितहरु यसरी नै कुटपिट र अपमानित हुनुमा स्वयंम राज्य उत्तरदायी नहुनू , वेवास्था गर्नु , र दलित अधिकार कर्मी र विभिन्न सघ, सस्थाहरु एकजुट भएर यस्ता घटनामा दबाब दिन नसक्नु पीडितलाई सुरक्षाको आत्मबल दिन नसक्नु ले नै पीडितले न्याय पाएका छैनन् र अपराधीहरु दिन प्रतिदिन हौसिदै यस्ता घटना घटाइरहेको बताउछिन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१