सुन्दरी नायिका प्रिती जिन्टाले गरिन १० वर्ष कान्छा प्रेमीसँग विवाह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ फाल्गुन २०७२, शुक्रबार १८:३७

dimpalबलिउडकी सुन्दरी अभिनेत्री प्रिती जिन्टाले विवाह गरेकी छिन् । उनले २९ फेब्रुअरीमा लस एन्जल्समा आफूभन्दा १० वर्ष कान्छा ब्वाइफ्रेण्डसँग विवाह गरेकी हुन् ।

प्रीतिले विवाह भने गुपचुप रुपमा सम्पन्न गरेकी छिन् । उनको विवाहको छनकसम्म कसैले नपाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनको विवाह समारोहमा परिवारका सदस्य र खास भित्रिया साथीहरु मात्र रहेको बताइएको छ । प्रीति १८ महिनादेखि अमेरिकन ब्याइफ्रेण्ड जीन गुडइनफसँग डेट गरिरहेकी थिइन ।

सुत्रहरुकाअनुसार उनी अप्रिलमा मुम्बई आएर एक ठूलो रिसेप्सन पार्टी पनि दिने तयारी छिन् । जसमा उनले बलिउडका हस्तीहरुलाई निमन्त्रणा गर्नेछिन् ।

३० वर्षका जीन लसएन्जल्समा बस्छन् । उनी त्यहाँ फाइनान्सियल एनालाइसिष्टको काम गर्छन ।’

प्रीति र जीनको भेटघाट केही वर्ष पहिले अमेरिकामा एक भ्रमणका क्रममा भएको हो । सन् २०१५ मा आइपीएलको फाइनल खेलका क्रममा उनी प्रीतिसँगै थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१