चलचित्र पत्रकार संघमा राई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ फाल्गुन २०७२, शुक्रबार १८:२१

उर्लाबारी। चलचित्र पत्रकार संघ पूर्वाञ्चलको प्रथम अधिवेशनले सन्तोष राईको अध्यक्षतामा आज नयाँ कार्य समिती चयन गरेको छ । मोरङको उर्लाबारीस्थित श्री सगरमाथा साकोसको सभाहलमा भएको अधिवेसनले उपाध्यक्षमा सन्जु राई,सचिबमा नरेन्द्र बस्नेत,सह—सचिवमा बीरेन्द्रकुमार शाह र कोषाध्यक्षमा तेजन खड्कालाई चयन गरेको छ । यस्तै,सदस्यहरुमा रमेश तिवारी,सपनी राई,मनोज श्रेष्ठ,ऋषि राई कबिराज घिमिरे चयन भएका छन् ।
संघका केन्द्रिय अध्यक्ष शान्तिप्रिय, कान्तिपुर साप्ताहिकका सम्पादक सुवास ढकाल लगायत चर्चित नायिका रेखा थापाको समेत उपस्थिति रहेको पूर्वाञ्चल भेलामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । पूर्वाञ्चलमा रहेर कला मनोरञ्जन वीटमा लामो समयदेखि कलम चलाउने पत्रकार मिलन के राउत, पूर्वाञ्चलमै पहिलो पटक चलचित्र निर्माण गर्ने प्रेम शेर्मा माङजामुङेलाई प्रसंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानितद्वयलाई विशेष अतिथि एमम् कार्यक्रमकी मुख्य आकर्षण रेखा थापाले दोसल्ला ओढाएर सम्मान गरिन भनें प्रमुख अतिथि एवम् चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष शान्ति प्रियले प्रसंसा पत्र प्रदान गरे । समारोहमा केन्द्रीय अध्यक्ष शान्तिप्रियले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै पूर्वाञ्चलको चलचित्र पत्रकारिता नयाँ कार्यसमिति गठन भएसँगै तिव्र हुने अपेक्षा गरे । त्यस्तै केन्द्रीय समितिका उपाध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थालाई चुस्त तवरले अगाडि बढाउन नयाँ कार्यसमितिलाई आग्रह गरेका छन् । कार्यक्रममा उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवाष श्रेष्ठले अधिवेश सफलताको शुभकामना दिएका थिए । कार्यक्रमका अध्यक्ष सन्तोष राईलेले आगामी दिनमा पूर्वाञ्चलको चलचित्र पत्रकारिताको विकासका लागि लाग्ने बताएका छन् । उनले पूर्वाञ्चल चलचित्रको लागि उर्भर भुमी भएकोले चलचित्र पत्रकारितामा धेरै संभावना रहेको बताए । उनले वर्तमान समयमा संस्थालाई अगाडि लैजान चुनौती भएपनि संभावना अझै बढि भएको उल्लेख गरे । कार्यक्रमको अन्त्यमा अतिथिहरुलाई पूर्वाञ्चल अध्यक्ष राईले मायाको चिनो प्रदान गरेका थिए भने अधिवेशन सफल बनाउन सहयोग गर्ने दाताहरुलाई प्रसंसापत्र समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१