शैक्षिक क्षेत्रमा हुने गरेको बन्द हडताल तत्काल रोक्न सरोकारवालाको आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ असार २०७१, शनिबार १९:१०

काठमाडौँ,७ असार ।  विद्यार्थी कल्यान समाज नेपालको शिक्षा स्वतन्त्रको लागी बन्द हडताल विरुद्ध हस्ताक्षर संकलन उदघाटन कार्यक्रम आज मिति २०७१ –०३–०६ गते सम्पन् भयो । 1208936_1578074649085040_845685645239672846_nविद्यार्थी कल्यान समाज नेपालको अध्यक्ष मनकुमार सापकोटा को सभापतित्वमा र माननीय सभासद् मिलन राजबंशी (परिवार दल),प्यापसनका अध्यक्ष श्री लक्ष्य बा. केसी,एन प्यापसनका अध्यक्ष कर्ण बा.शाही,अभिभाबक संघ नेपालका अध्यक्ष शुप्रभात भण्डारी,विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य भर्जित ताम्राकार,नेपाल दलित विद्यार्थी संघका केन्द्रिय अध्यक्ष कमल विश्वकर्मा आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमलाई विद्यार्थी कल्यान समाज नेपालको महासचिब साधुराम कठायत,सुरेन्द्र उप्रेति लगायका अतिथिहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्य पुजन गन्र्धबले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा माननिय सभासद मिलन राजबंशीले र प्यापसनका अध्यक्ष ज्युहरुले हस्ताक्षर गरि कार्यक्रम उद्घाटन गर्नुभयो । २६ संघ संस्थाहरुको साझा समिति बनाई डा.विद्यनाथ कोइरालालाई उच्च स्तरिय समितिको संमोजक र अभिभाबक संघका अध्यक्ष सुप्रभात भण्डारिलाई सह संयोजक र विद्यार्थी कल्याण समाजका अध्यक्ष मन कुमार सापकोटा सदस्य गरि तिन सदसिय समिति सार्वजानिक गरिएको छ । आगामी दिनमा प्यापसन,एन प्यापसन ,हिसान लगायत सरोकारवाला संघ सस्थाहरुलाई पनि सदस्यमाा लिई कार्यक्रमलाई सफल बनाईने छ । आज भएको हस्ताक्षर उदद्याटन कार्यक्रमलाई निरन्तरता लिई

एक लाख हस्ताक्षर सहित विभिन्न संघ संस्थाद्धारा संकलन गरिएका लिखित अधिकतम समर्थन पत्र सहित विधिबत रुपमा नेपाल सरकारलाई बुझाइने विद्यार्थी कल्याण समाज नेपालका अध्यक्ष मन कुमार सापकोटाले सार्वजानिक गर्नुभएको छ । प्यापसनका अध्यक्ष लक्ष्य बा.केसी ,एन प्यापसनका अध्यक्ष कर्ण बा. शाही,अभिभाबक संघका अध्यक्ष सुप्रभात भण्डारी लगायतका अन्य संघ संस्थाहरुले यस कार्यक्रमको निरन्तरतार सफल्ताको लागी सम्पुर्ण अतिथि र बरिष्ठ अतिथिहरुले शिक्षा क्षेत्रमा बन्द हडतालको अन्त्य गर्नुका लागी आ आफनो संघ संस्थाका तर्फबाट गर्नुपर्ने भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै नेवि संघका केन्द्रिय सदस्य मनजित ताम्राकारले नेवी संघको तर्फबाट कार्यक्रमलाई शुभकामना सहित नेवी संघको पुर्ण समर्थन रहेको मन्तब्य दिनुभयो ।

प्रतिक्रिया