जानी राख्नुस यी हुन् संसारका दश महंगा कलेजहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० फाल्गुन २०७२, बिहीबार १७:५९

संसार भर नाम चलेका कलेजहरु त्यति महंगा नहोलान तर वार्षिक ६१ हजार अमेरिकी डलरसम्म (हालको विनिमय दर अनुसार ६७ लाख नेपाली रुपैयाँ) शुल्क लिने कलेजहरु पनि छन् । अक्सफोर्ड र क्याम्ब्रिज, हार्बर्ड भन्दा यी कलेज धेरै महंगा छन् । यस्ता प्रमुख १० कलेजको सूची यहाँ छ जहाँ वार्षिक लाखौं रुपैयाँ बुझाउनु पर्नेछ ।

यी हुन् संसारका दश महंगा कलेजहरु:

१ सराह लरेन्स कलेज: 
सराह लरेन्स कलेज हार्बर्ड, येल या अक्सफोर्ड जस्तो नाम चलेको संस्था होइन। तर यसले लिने पढाई शुल्क महंगो छ। शुल्कलाई हेर्ने हो भने यस कलेजमा विशेष सुविधा हुनुपर्छ। यस कलेजको वार्षिक शुल्क ६१ हजार डलर रहेको छ। यो कलेज अमेरिकाको न्यूयोर्क सहर स्थित योकंर्समा छ।

२ न्यूयोर्क युनिभर्सिटि:
कलेजका डिग्रीका लागि उच्च मुल्य तिर्न चाहनेका लागि न्यूयोर्क उपयुक्त गन्तव्य हो। न्यूयोर्क युनिभर्सिटि  न्यूयोर्क सहर स्थित ग्रीनह्विच भिलेजमा अवस्थित रहेको छ। यस कलेजमा पढ्नका लागि विद्यार्थीले वर्षको करीब ६० हजार डलर तिर्ने हैसियत राख्नु जरुरी हुन्छ।

३ हार्बे मड्ड कलेज:
नामसित नझुक्किनु होला। सुन्दा ‘हार्बे मड्ड’ कुनै पबको नाम जस्तो सुनिन्छ। तर यो कलेज महंगो मध्येको तेस्रो अंकमा पर्नुको कारण पनि बुझ्न सकिन्छ कि यस क्लेरमोन्ट, क्यालिफोर्निया कलेज अध्ययनका लागि उपयुक्त कलेज हो। यस कलेजको वर्षको खर्च करीब ५९ हजार डलर रहेको छ।

४ कोलम्बिया युनिभर्सिटि:
न्यूयोर्कमा प्राय विश्वका महंगा उच्च शिक्षा सम्बन्धित कलेजहरु रहेका छन् भन्दा त्यति फरक नपर्ला। कोलम्बिया युनिभर्सिटि यसको अर्को उदाहरण हो। यस कलेजमा पढ्नका लागि वर्षको ५९ हजार डलर अनिवार्य छ।

५ वेस्लियन युनिभर्सिटि: 
न्यूयोर्क सहर नजिकै मिडल टाउन स्थित कनेक्टिकटमा वेस्लियन युनिभर्सिटि छ। यसलाई ‘प्राइभेट लिबेरल आर्ट्स कलेज’ पनि नाम दिइएको छ। यसको स्थापना सन् १८३१ मा भएको थियो। यसको वार्षिक शुल्क करीब ५८ हजार डलर रहेको छ।

६ क्लेरमोन्ट म्याकेन्ना कलेज:
रणमैदानको छैठौं स्थानसम्म क्यालिफोर्नियामा रहेका कलेजहरुको बर्चस्व रहेको देखिन्छ। यसले अमेरिकाको पुर्व देखि पश्चिम तटकोबीचको भुभागलाई समेटेको देखिन्छ। कलेरमोन्ट म्याकेन्ना कलेजको वार्षिक शुल्क ५८ हजार डलर रहेको छ।

७ डार्टमाउथ कलेज:
डार्टमाउथ धेरैमा प्रचलित नाम हो। यो कलेज न्यू ह्याम्पसायरमा अवस्थित छ। यसको वार्षिक खर्च ५८ हजार डलर रहेको छ।

८ ड्रेक्सेल युनिभर्सिटि:
यो युनिभर्सिटि फिलाडेल्फियामा अवस्थित छ। यसलाई प्राइभेट रिसर्च युनिभर्सिटि पनि नाम दिइएको छ। यसको वार्षिक खर्च ५८ हजार डलर हो।

९ युनिभर्सिटि अफ सिकागो:
उत्कृष्ट उच्च शिक्षाका लागि यो युनिभर्सिटिको लामो इतिहास रहेको छ। यसको स्थापना सन् १८८९ मा भएको थियो। यसको वर्षको खर्च ५७ हजार पाँच सय देखि ५८ हजार डलरको बिचमा रहेको छ।

१० ब्राड कलेज:
सबै परिवारले आफ्ना सन्तानलाई उत्कृष्ट कलेजमा पढाउन चाहन्छन्। सुचीको दस नम्बरमा परेपनि पहिलो कलेजको तुलनामा ब्राड कलेज त्यति सस्तो भने छैन। न्यूयोर्क आधारित यस कलेजको वार्षिक खर्च ५७ हजार पाँच सय डलर रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१