अहिलेको युगअनुसार अनलाइन पोर्टलहरु आवश्यक :सुधीर शर्मा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० फाल्गुन २०७२, बिहीबार ११:०३

वासिङ्टन डिसी । कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले छापामाध्यमको पत्रिकाका लागि अहिलेको युगअनुसार अनलाइन पोर्टलहरु आवश्यक भएको बताउनुभएको छ । मङ्गलबार नेपाल–अमेरिका पत्रकार सङ्घ नेजाले डिसीमा आयोजना गरेको छलफल कार्यक्रममा शर्माले यस्तो धारणा राख्नुभएको हो । सामाजिक सञ्जालवाटै न्यूज बे्रकिङ हुने समय आएको भन्दै यसलाई सामना गरेर छापा सञ्चारमाध्यमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने उहाँको धारणा थियो ।

शर्माले देशको मूलकानुन संविधान निर्माण भएकाले अब यसलाई तल्लो एकाइसम्म पु¥याउन चुनौतीपूर्ण भएको धारणा राख्नुभयो । राजनीतिक दलका नेताहरुले सुझबुझका साथ मधेसको भावनालाई सम्बोधन गरेर देशलाई निकास दिनुपर्ने उहाँको सुझाव थियो ।

शर्माले अमेरिकाको व्यस्त जीवनशैलीमा पनि समुदायको समाचार सम्प्रेषण गर्न क्रियाशील रहेको भन्दै यसलाई अझ व्यवस्थित बनाउन नेजाले पहल गरोस् भन्नुभयो । नेजाले नेपाली पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदान, आपत्विपत्को घडीमा गरेको सहयोग र पुरस्कार प्रदान गर्नेजस्तो रचनात्मक काम गर्दै आएकामा खुसी लागेको बताउँदै आगामी दिनमा यसलाई अझ विस्तृत बनाउँदै लैजान अनुरोध गर्नुभयो ।”

नेजाका अध्यक्ष गौतम दाहालले नेजाको गतिविधिका बारेमा प्रकाश पार्दै नेपालमा समेत पत्रकारिता गरेर व्यावसायिक धर्ममा क्रियाशील पत्रकारहरु नेजामा आबद्ध रहेको बताउनुभयो । दाहालले नेजा अमेरिका र क्यानाडामा रहेका पत्रकारहरुको साझा संस्थाका रुपमा क्रियाशील रहेको जानकारी दिनुभयोे ।

नेजाका संस्थापक अध्यक्ष गिरिश पोख्रेलले नेजाले अमेरिकामा क्रियाशील सञ्चारकर्मीहरुलाई समेट्दै उच्चतम मूल्य मान्यतामा समाचार सम्प्रेषण गर्न प्रेरित गर्दै आएको बताउनुभयो । कार्यक्रममा नेजाका क्षेत्री संयोजक विश्वराज थापा, कार्यकारी सदस्य मधुकर अधिकारीलगायतले आफ्नो धारणा राख्नुभएको थियो । यसैगरी, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष केशव बराल, डिबी सागरलगायतले अन्तक्र्रियामा भाग लिनुभएको थियो ।

छलफलमा गुणराज लुइँटेल, प्रदीप कार्की, लीलादेवी ओझा, श्रीकृष्ण भण्डारी, केशर कार्की, खिम घले, अङ्कुश नेपाल, खिम घलेलगायतले भाग लिनुभएको थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१