युवतीका कारण क्रिस्टियानो रोनाल्डोलाई तनाउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ असार २०७१, शनिबार ०७:१८

रियो दि जेनेरियो : जारी विश्वकपको पहिलो खेलमा आफ्नो टोली जर्मनीसँग नराम्ररी पराजित भएपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो दबाबमा छन्। ‘ग्रुप अफ डेथ’ मा रहेको पोर्चुगललाई समूहगत चरण पार गर्न गाह्रो छ। त्यै पनि रोनाल्डोलाई माया गर्ने समर्थकको भने कुनै कमी छैन। 

आकर्षक शरीर र उत्तिकै राम्रो प्रदर्शनका कारण रोनाल्डोका पुरु षभन्दा बढी महिला फ्यान रहेको बताइन्छ। उनी यतिबेला आफूलाई प्रेमीको रूपमा दाबी गर्ने युवतीका कारण तनाउमा छन्।ronaldi-bale

ब्राजिलमा टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा काम गरिरहेकी आन्द्रेसा उराचले सुरक्षा व्यवस्था तोडेर पोर्चुगल टिम प्रशिक्षण गरिरहेको ठाउँमा जान खोजेपछि रोनाल्डोलाई तनाउ थपिएको छ।

उराच यसअघि नै रोनाल्डोसँग जोडिएर चर्चामा आएकी थिइन्। गतवर्ष रोनाल्डोले आफूलाई धोका दिएको भन्दै उराच चर्चामा आएकी थिइन्। रोनाल्डोसँग शारीरिक सम्पर्कसमेत गरेको उराचको दाबी छ। रोनाल्डो भने त्यतिबेला आफ्नो खेलजीवनलाई समाप्त पार्ने योजना भन्दै पन्छिएका थिए।

भर्खरै पोर्चुगल टोली ब्राजिल आइपुगेपछि उराचले रोनाल्डोको स्वागतमा जिउमा उनको हरियो-रातो जर्सी पेन्ट गरेर रोनाल्डोलाई चुम्बन गरेको आकृति बनाएकी थिइन्। उराच प्रशिक्षणस्थलमा अन्तर्वार्ता लिने शैलीमा गएकी थिइन् तर सुरक्षाकर्मीले निकालेपछि उनले सामाजिक सन्जालमा आफू रोनाल्डोलाई शुभकामना दिन गएको उल्लेख गरेकी छन्।

रोनाल्डो लामो समयदेखि प्रेमिका इरिना स्याकसँग बसिरहेका छन्। उनका एक छोरा पनि छन् तर छोराकी आमा को हुन् भन्ने कुरा अहिलेसम्म गोप्य नै राखिएको छ। -एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१