हलिउडमा पाईला चाल्दै दर्शना आर्टस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७२, बुधबार १४:०५
काठमाण्डौ । बलिउड फिल्म बितरणमा स्थापित दर्शना आर्टसले अब हलिउड फिल्मको पनि बितरण सुरु गर्ने भएको छ । बलिउड फिल्म संगै राम्रा नेपाली फिल्मको बितरण समेत गर्ने गरेको दर्शनाले बितरण गर्ने पहिलो हलिउड फिल्म ‘लण्डन ह्याज फलेन’ यही शुक्रबार देखी रिलिज हुनेछ ।
यो मितिमा भुवन केसीको ‘ड्रिम्स’ र दिनेश डिसीको ‘फुलै फुलको मौषम तिमीलाई’ रिलिज हुदैछ । यि दुई फिल्म बिच ब्यबसायिक प्रतिस्प्रर्धा हुने देखिएको छ । यद्दपी हलिउड र बलिउड फिल्मको कारण ठुलो मात्रमा नेपाली फिल्मको ब्यापार काट्ने देखिएको छ ।
दर्शनाले बितरण गर्न लागेको हलिडउ फिल्म बाट पनि राम्रो ब्यापार गर्ने आशा गरिएको छ । पछिल्लो समय नेपाली दर्सकहरु हलिउड फिल्म प्रति पनि आकर्षित हुन थालेका छन् । पछिल्लो समय नेपालमा रिलिजमा आएको हलिउड फिल्म ‘डेडपुल’ र ‘द रिभिनेन्ट’ ले करोडौ रुपैयाको कारोबार गरेको थियो ।
एक्सन जनराको यो फिल्ममा अभिनेता ग्रेड बुटलर,मोर्गन फ्रिम्यान,एन्जिला बस्सेट,आरोन ईकहार्ट लिड रोलमा रहेका छन् । दर्शना आर्टसका प्रबन्ध निर्देशक गोबिन्द सापकोटाले हलिउड फिल्म बितरणलाई पनि निरन्तरता दिने जानकारी गराए ।
ट्रेलर हेर्नुहोस्;

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१