झापामा लिटल प्रिन्स एन्ड प्रिन्सेस हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७२, बुधबार १२:४६

बिर्तामोड। बालबालिकाको क्षमता विकास र अभिबृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यका साथमा एउटा सुनौलो अवसर सिर्जना गराई भविष्यको गन्तव्य खोज्न सहज बनाउने अभिप्रायले Little Prince & Princess (Search for Culture & Hidden Talent Show)  शनिश्चरेमा फागुन २२ गते पहिलो चरणको छनोट गरिने भएको छ । वैशाख महिनाको पहिलो साता ग्रान्ड फिनाले झापाको पर्यटकीय नगरी शनिअर्जुनमा भव्य तथा सभ्य रुपले समापन हुने ग्ल्यामरस नेपालका संस्थापक अध्यक्ष आशिम ज्वयल श्रेष्ठले जानकारी गराउनुभयो ।Untitled-1
सौन्दर्यलाई भन्दा पनि अतिरिक्त जानकारीमूलक शिक्षामा जोड दिई प्रतिस्पर्धीहरुलाई सबल र सक्षम बनाउन खोजिएको छ । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले व्यक्तित्व विकास सामाजिक रहन सहन नैतिक जिम्मेवारी सामाजिक उत्तरदायित्व, जीवनशैली, कला संस्कृति, बोलीचाली, क्याटवाक आदिको बारेमा प्रशिक्षण दिनु हुनेछ । साथमा विभिन्न दक्ष अनुभवी व्यक्ति, व्यक्तित्वहरुलाई समावेश गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
उक्त प्रतियोगितामा भाग लिन चाहने उमेर समूह ६–१० र ११–१५ वर्षका समूहलाई समावेश गरी आत्मविश्वास, प्रस्तुतिकरण र अनुशासनको आधारमा पहिलो चरणको  कार्यक्रम पूरा गरिने जनाइएको छ । उक्त पहिलो चरण पास भएका बालबालिकाहरुलाई बन्द प्रशिक्षणमा सहभागी गराइने जनाइएको छ ।
ग्ल्यामरस नेपालको आयोजनामा उक्त कार्यक्रम भव्य र सभ्य रुपमा समापन हुनेछ । उत्कृष्ट विजेताले वर्ष २०१६ को ताजसहित क्राउन, प्रमाण–पत्र लगायत विभिन्न आकर्षक पुरस्कारहरुसहित वर्षको सेलिब्रेटी घोषणा गरिनेछ भने साथै विभिन्न चलचित्र तथा विज्ञापनहरुमा खेल्ने अवसर प्रदान गरिनेछ । फस्ट, सेकेन्ड, थर्ड रनरअपसहित विभिन्न विधाका टाइटलहरु घोषित गरिनेछन् ।
उक्त प्रतियोगितात्मक कार्यक्रममा शनिअर्जुन नगरपालिकाका विद्यालयहरु प्रगति सेकेन्डरी स्कुल, रुपरत्न मेमोरियल, एम्स एकाडेमी, स्वस्तिका शिशुसदन स्कुल लगायतका विद्यालयहरुको सहभागिता रहने भएको छ । ग्ल्यामरस नेपालले पूर्वमा रहेर मोडलिङ क्षेत्रमा १३ वर्षदेखि निरन्तर काम गरिरहेको यहाँलाई अवगत नै  छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१