धुर्मुस सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७२, बुधबार १२:२३

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नयाँ रुप सार्वजनीक भएको छ । सर्ट मुभि ज्योति (The Power Of Light)   मा पञ्चरत्ने र पार्वती को भूमीकामा उनीहरुको नयाँ रुप देखिएको हो ।Dhumus Suntali Musar 8 बालमैत्री समाजको महत्व र आवश्यकता औँल्याउने सर्ट मुभि ज्योतिको अहिले देशकै पहिलो बालमैत्री नगरपालिकाको रुपमाचिनिएको नवलपरासीको सुनवल नगरपालिकामा छायाँकन भइरहेको छ । Dhurmus Suntali 6

भविष्यमा देश हाँक्ने मेरुदण्ड बालबालिकालाई समाजका हरेक काममा सहभागि गराउनु पर्नेमा यस चलचित्रले जोड दिने निर्देशकसिताराम कट्टेलले बताएका छन् । बालमैत्री समाजले देश विकासमा ठूलो टेवा पुग्ने भएकाले त्यसका लागि जनचेतना जगाउनका लागि सर्ट मुभि ज्योति निर्माण गरिएको उनको भनाई छ । साना बालबालिकालाई नपत्याउने र नेतृत्व गर्नका लागि केस पाक्नै पर्छ भन्ने मानसिकता परिर्वतनमा ज्योतिले सहयोग गर्ने उनीहरुको विश्वास छ । Dhurmus Suntali Jyoti 2चलचित्रले दर्शकलाई हँसाउनुको साथै कतिपय ठाउँमा रुवाउने खालको कथा रहेको सुन्तलीले बताएकी छिन् । यस सर्ट मुभिको कथा सिताराम कट्टेल र दिपक आचार्यले लेखेका हुन् भने पटककथा संवाद पनिआचार्यकै रहेको छ । Dhurmus Suntali Musahar 5सर्ट मुभि ज्योतिमा धुर्मुस सुन्तलीसँगै संगम विष्ट मुख्यपात्रको रुपमा देखिने छिन् । यस्तै, यमनश्रेष्ठ, दिपकआचार्य, अविरल अधिकारी, सुरेश थापा (दर्शने), जानुका पौडेल केसी, सुरविर पण्डित (दारी बा), विपनाशर्मा साथै नवलपरासीको सुसेली समूहका कलाकारको अभिनय  छ ।Dhurmus Suntali Musahar 2

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१