काठमाडौं । सिंहदरबारको दक्षिण गेटबाट हनुमानथान चोकतर्फको बाटोमा बम राखिएको हल्लाले मंगलबार चार घन्टा आतंक मच्चियो । छेउछाउका कार्यालय तथा पसलसमेत बन्द गरिए । प्रहरीले चार घन्टा बाटो बन्द गराएर सेनाको डिस्पोजल टोली नै बोलायो । तर, शंकास्पद वस्तु बम नभएर कसैले फालेको पानी फिल्टर गर्ने बिग्रिएको पम्प थियो । दिउासो २ बजेपछि मात्रै बाटो खुलेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी प्रजित केसीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया