सरकारी डाक्टरहरु अस्पतालमा नबसी गोष्ठी र भ्रमणमा व्यस्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७२, मंगलवार १८:०२

सम्राट सिंह
बझाङ  । सरकारी डाक्टरहरु अस्पतालमा नबस्दा बझाङ जिल्ला अस्पताल गैर सरकारी संस्था निक्स साइमनका डाक्टरको भरमा चलिरहेको छ । सरकारी डाक्टरहरु प्राय गोष्ठी  र भ्रमणमा व्यस्त रहने गरेकाले अधिकांश समय जिल्ला अस्पताल गैर सरकारी संस्थाका डाक्टरकै भरमा चल्ने गरेको छ ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिष्णु खतिवडा फागुन पहिलो साता देखी जिल्लामा छैनन । भने अर्का डाक्टर मिलन सिलवाल पनि सोमवार जिल्ला बाहिर जाँदा २ लाख जनताको स्वास्थ्यको हेरचाह गर्ने जिम्मा पाएको अस्पताल गैर सरकारी संस्था निक्स साइमनले पठाएका डाक्टरको भरमा संचालन भैरहेको छ ।
जिल्लामा भाइरलको संक्रमणले हजारौंको संख्यामा विरामी भैरहेको र स्वास्थ्य संस्थामा औषधि को अभाव भैरहेको वेला अख्तियार प्राप्त सरकारी डाक्टरहरु जिल्लामा नहुदा विभिन्न खालका समस्याहरु आउने गरेको जिल्ला अस्पताल श्रोतले जनाएको छ ।

विरामीको चेकजाच गर्ने, अधिकारीक निर्णयहरु गर्ने, आर्थिक कारोवार गर्ने लगायतका विभिन्न कामहरु प्रभावित हुने गरेका छन ।
“जिल्लामा नियमिति वस्ने भनेकै निक्स साइमनका डाक्टरहरु हुन । ” जिल्ला अस्पताल श्रोतले भन्यो “सरकारी डाक्टर त गोष्ठी भ्रमण र परियोजना कै काममा व्यस्त हुन्छन । गैससका डाक्टर नहुने हो भने जिल्ला अस्पताल नै परियोजना संचालन गर्नेमा सिमित हुन सक्छ ” सरकारी डाक्टर जिल्लामा हुदा पनि गोष्ठी र बैठकमा नै व्यस्त हुने र विरामीको चेकजाच गर्ने काममा निक्स साइमनका डाक्टरहरु नै बढी खटिने गरेको जिल्ला अस्पताल बझाङका कर्मचारीको भनाइ छ ।
निक्स साइमनको तर्फबाट डाक्टर पुर्ण घर्ती र आनन्द प्रकास सिंह बझाङ जिल्ला अस्पतालमा कार्यरत छन ।
असोज १५ गते जिल्ला अस्पतालमा हाजिर भएका डाक्टर खतिवडा ५ महिना १५ दिनको अवधीमा ३ महिना जति मात्र जिल्लामा बसेको र बा“की अवधी भ्रमण गोष्ठीमा नै व्यस्त रहने गरेको श्रोतले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१