इराकी विद्रोही समूहको अपहरणमा परी चार जना नेपाली शुक्रबार मुक्त भएको पुष्टी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ असार २०७१, शनिबार ०६:३५

पाकिस्तानस्थित नेपाली दूतावासले इराकी विद्रोही समूहको अपहरणमा परी चार जना नेपाली शुक्रबार मुक्त भएको पुष्टी गरेको छ। विद्रोही समूहले चार जना नेपाली सहित ४८ जना विदेशी मजदुरलाई अपहरण गरेको चार दिन पछि छोडेको पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले टेलिफोनबाट बताए।
‘अपहरणमा परेका चार जना नेपाली शुक्रबार अपहरण मुक्त भएका छन्,’ राजदूत पौड्यालले भने, ‘उनीहरु छिट्टै नेपाल फर्कन्छन्।’ राजदूत पौड्यालले अपहरण मुक्त भएका चार नेपालीसँग आफ्नो कुराकानी भएको जनाए । सुरक्षाका कारण अपहरणमा परेका नेपालीको नाम र ठेगान अहिले उल्लेख गर्न नमिल्ने उनले बताए।cemil_bayik_gerilla_yasal_guvence_hazirlanmadan_bir_adim_geri_cekilmez_h11346

चार नेपाली सहित विदेशी कामदारलाई इराकी विद्रोही समूहले टिक्रिक सहर नजिकबाट अपहरण गरेका थिए। उनीहरुलाई सुन्नी विद्रोहीले अपहरण गरेका थिए। टिक्रिक सहरमा निर्माण भइरहेको अस्पतालमा काम गर्ने नेपाल। टर्की, बंगलादेश, तुर्केमिनिस्तान र अजरबैजानका कामदारहरुलाइए उनीहरुले बन्दक बनाउका थिए। क्रिकुक र टिक्रिक बीचको चेक पोइन्टमा उनीहरुलाई अपहरणकारीले हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१