भारतमा लफडा : के रोकिएला पाकिस्तानसँगको विश्वकपको खेल ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७२, मंगलवार १५:१५
२०नयाँदिल्ली। आगामी महिना हुने आइसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीच हुने खेलको विषयलाई लिएर विवाद बढ्दै गएको छ । भारतको धर्मशालामा हुने दुई देशबीचको भिडन्तको विषयमा भारतमा तीब्र विरोध भइरहेको छ ।
 
पठानकोट तथा पाम्पोरमा भएको चरमपन्थी हमलामा मारिएका भारतीय सैनिकका परिवारजनले पाकिस्तानसँगको खेललाई लिएर कडा आपत्ति जनाएका छन् । हिमाञ्चल प्रदेश कांग्रेसले पनि यसअघि नै कुनै पनि हातलमा खेल रोक्नुपर्ने चेतावनी दिएका थियो ।
 
ट्वान्टी–२० विश्वकपअन्तर्गत दुई देशबीच समूह चरणमा आगामी १९ मार्चमा हिमाञ्चल प्रदेशको धर्मशालामा खेल हु“दैंछ । यता भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआईसीसी)का सचिव अनुराग ठाकुरले खेल सार्न वा रद्ध गर्न केन्द्रीय सरकारले मात्र सक्ने बताए । उनले भने, ‘खेल एक वर्ष अघि नै निर्धारण गरिएको थियो । अब यसको फैसला केवल केन्द्रीय सरकारले मात्र गर्न सक्नेछ ।’ ठाकुरका अुनसार उनी २ र्माचसम्म यस विषयमा बोल्न सक्ने अवस्थामा छैनन् ।
 
हिमाञ्चल भूतपूर्व सैनिक लिगका अध्यक्ष विजय सिंह मनकोटीले खेलको विरोध हुने बताए । उनले भने, ‘पठानकोट एयरबेस तथा पाम्पोर हमलामा मारिएका सैनिकाका परिवारले यो खेलको विरोधमा धर्ना दिने फैसला गरेका छन् ।’ मनकोटियाका अनुसार मृतकका परिवार तथा पूर्व सैनिकको भावना भारत र पाकिस्तानबीच आयोजना गरिएको खेल गर्न नहुने भन्ने छ । त्यसैले सैनिक परिवारजनले यो विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी, बीसीसीआई र हिमाञ्चलका मुख्य मन्त्री वीरभद्र सिंहलाई पत्र समेत लेखेका छन् ।
 
पठानकोट हमलामा मारिएका सात सुरक्षाकर्मी मध्येका एक जगदीशका दाइका छोरा डाक्टर सतीश ठाकुरले पनि खेलको विषयलाई लिएर तीब्र असन्तुष्टि जनाउका छन् । उनले खेलबारे भने, ‘यस्तो समयमा पाकिस्तान जिन्दावादको नारा सुन्न कष्टप्रद हुन्छ, जबकी दाइको याद मेरो मनमा अझ पनि ताजै छ ।’
 
हिमाञ्चल कांग्रेसका अध्यक्षले कार्यकारी समितिको बैठक ठाकेरै विरोध गरेका छन् । बैठकपछि कांग्रेसले गरेको घोषणा यस्तो छ, ‘धर्मशालामा भारत–पाकिस्तानबीचको खेल हुन दिने छैनौ । यसको विरोधमा हामी प्रदर्शन गर्छौ ।’ हिमाञ्चल प्रदेशका मुख्यमन्त्री वीरभद्र सिंहले पनि प्रधानमन्त्री मोदीलाई पत्र लखेर चरमपन्थी हमलामा मारिएका सैन्य परिवारको भावनाबारे जानकारी दिएका थिए ।
ट्वान्टी–२० विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले दुई महिना पहिले नै खेल तालिका प्रकाशन गर्दा राज्य सरकारले ग्रीन सिग्लन दिएको थियो । तर, मुख्यमन्त्रीलाई अब दुई विषयमा अप्ठ्यारो परेको छ । पहिलो, विरोधले राज्यको कानुनी व्यवस्था विग्रन सक्छ र अर्काे पूर्व सैनिकहरु सरकारको विरोधमा जान सक्छन् ।
 
दुई देशबीचको खेललाई लिएर कांग्रेस मात्र होइन भारतीय जनता पार्टीका सांसद तथा पूर्वमुख्यमन्त्री शान्त कुमारले पनि प्रधानमन्त्री मोदी तथा मुख्यमन्त्री वीरभद्रलाई पत्र लेखेर विरोध गरेका छन् । उनले भनेका छन्, ‘जब हामी पाकिस्तानस“गको वार्ता रद्ध गर्न सक्छौ भने हामी एक क्रिकेट खेल किन रद्ध गर्न सक्दैंनौ ।’ कांग्रेसका एक मन्त्री जीएस बल्लीले पनि खेलको विरोधमा ठूलो प्रदर्शन गर्ने चेतावनी दिएका छन् । उनले खेल रोक्नको लागि १० हजार मानिसलाई सडकमा उतार्ने चेतावनी दिएका हुन् ।
 
यता हिमाञ्चल प्रदेश क्रिकेट संघका प्रवक्ता मोहिद सुदले भनेका छन्, ‘आइसीसीले पाठनकोट र पाम्पोर घटनाभन्दा पहिले नै दुई देशको खेल तय गरेको थियो ।’ सुदले खेलको लागि पठानकोट, जालन्धर, जम्मू र चन्डीगढका होटलहरु मोटो रकममा बुक गरि सकिएको बताएका छन् । यस्तै धर्मशाला रंगशालामा खेलको लागि बेचिने २२ हजार टिकको लागि अहिलेसम्म १ लाख ३८ हजार निवेदन आइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१