सलमानले भने,‘म भर्जिन छु’ शाहरुखदेखि विद्या बालनसम्मले के के भने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७२, मंगलवार १४:४९

एजेन्सी । बलिउड सिने नगरी चलचित्रको दृष्टिले एक अदभूत नगरी हो । भारतलाई फिल्म क्षेत्रबाट दुनियाँभर चिनाउन लागि परेका सयौं हजारौं कलाकारहरु छन् । उनीहरुका विषयमा बेलाबेलामा अनौठो अनौठो खबरहरु समाचार बन्ने गरेका छन् ।

ती मध्ये पछिल्ला १० रोचक खुलासाहरु यस प्रकार रहेका छन् :

१. हालै प्रकाशित भारतीय एक संचार संस्थाका अनुसार आधा सताब्दी टेक्नै लागेका सलमान खान आजसम्मपनि भर्जिन भएको खुलासा गरेका छन् । सलमानले भने, ‘म आफूलाई त्यतिबेला सम्म सुरक्षित राख्नेछु जतिबेलासम्म मेरो विवाह हुँदैन । ’

salman-katrina32-750

२. त्यस्तै पछिल्लो समय चर्चाको शिखर चढ्दै गरेका अभिनेता सिद्धार्थ अल्होत्राले आलिया भट्टसँग किस गर्नु बोरिङ हुने र दिपिका पादुकोणसँग भने रमाईलो हुने बताएका छन् ।

३.अभिनेत्री कल्किले एक अन्तरवार्ताका क्रममा आफू ९ वर्षको हुँदा यौन दुव्र्यवहारमा परेको बताएकी छिन् ।

deepika-sidharth-alia-3111214-750

४.अभिनेता अर्जुन कपूरले २०१४ मा एक अन्र्तवार्ताको क्रममा ‘मैने प्यार क्यों किया’ फिल्मको सुटिङका क्रममा सलमान खानको बहिनीसँग निकै गहिरो प्रेम सम्बन्ध रहेको खुलासा गरेका छन् ।

५.अभिनेत्री सोनम कपूरले २०११ मा रिलिज भएको फिल्म ‘प्लेयर’को दौरानमा एक अन्र्तवार्ता दिदै आफूले कहिले पनि बिकिनी नलगाउँने बताएकी थिइनन् ।

sonamkapoor-bikini-750

६.अभिनेता ऋतिक रोशन सानोमा भक्भकाउँथे । पछि स्पिच थेरापी गरेर उनी निको भए । उनले ‘भक्भकेले मेरो बालापनलाई नरक बनाईदियो’ भनेका छन् ।

७.अभिनेत्री आलिया भट्टले आफूलाई अध्यारोदेखि एकदमै डरलाग्ने र सधैं बत्ति बालेर सुत्ने गरेको बताएकी छिन् ।

alia-bhatt_625x300_81411995318-750

८.फिल्म ‘कहानी’बाट हिरोको भूमिकामा पुरुष हिरो मात्र चाहिदैन हिरोइन पनि काफि हुन सक्छे भन्ने सन्देश दिदै जबरजस्त बलिउडमा आफ्नो उपस्थिति जनाउँदै आएकी अभिनेत्री हुन् विद्या बालन । तर उनले आफ्नो नयाँ घर बनाउनका लागि भने घुस दिएको बताएकी छिन् ।

Cute-Bollywood-Actress-Vidya-Balan-Hot-Style-750

९.अभिनेता शाहरुख खानलेले आफूलाई साथी बनाउनै नआउने बताएका छन् ।

१०.अभिनेता रणबीर कपूरले रिलेशनशिपमा दिपिका पादुकोणलाई धोका दिएको स्विकारेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१